Wednesday, April 20, 2022

नुवाकोट जिल्ला फुटबल संघमा देवनारायण चित्रकार

नुवाकोट । बैशाख ७
नुवाकोट जिल्ला फुटबल संघको छैटौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले सर्वसम्मत रुपमा बट्टारका देव नारायण चित्रकारलाई अध्यक्ष चयन गरेको छ । वुधवार सम्पन्न अधिबेशनबाट उपाध्यक्षमा आचुत महन्त राज गिरी, सनी चित्रकार र विजय गुरूङ (तामाङ्ग) चयन भएका छन् । यस्तै सदस्यहरुमा पूर्णमान चित्रकार, दीपक लाल चित्रकार, निरज खड्गी, सुप्पल गुरूङ, रामकुमार कोइराला, रामकृष्ण लामा, सन्तोष खड्का, गोविन्द श्रेष्ठ, श्रीकृष्ण आचार्य र मोहित तण्डुकार चयन भएका निर्वाचन समिति अध्यक्ष राजुबाबु श्रेष्ठले जानकारी दिए । यसअघि, अधिबेशनको उद्घाटन नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । अधिबेशन उद्घाटन गर्दै अध्यक्ष कार्कीले नुवाकोटमा फुटवल खेलको संस्थागत विकासका लागि संघको भूमिका प्रसंसनिय रहेको वताए । उद्घाटन कार्यक्रममा संघका केन्द्रिय सदस्य तथा नेपाली कांग्रेसका युवा तथा खेलकुद प्रमुख राजिव पौडेलले खेलकुदको विकासबाट सभ्य समाजको निर्माण हुने भएकोले युवा पुस्तालाई खेलमा आकर्षित गर्नुपर्ने बताए । अध्यक्ष दिपकलाल चित्रकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा एन्फा केन्द्रिय सदस्य पुर्णमान चित्रकार, नेपाल पत्रकार महासंघ वागमती प्रदेश अध्यक्ष शिव देवकोटा लगायतले अधिबेशन सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

No comments:

Post a Comment