Monday, April 18, 2022

नुवाकोटमा गठबन्धन बैठक जारि

 नुवाकोट । ५ बैशाख ।


नुवाकोटमा सत्तारुढ दलहरुको बैठक जारी छ । आसन्न स्थानिय निकाय निर्वाचनमा गठबन्धन गरेर चुनाबमा जान सोमबार दिउसो देखि नै बैठक बसिरहेको हो ।   नेपाली काङ्रेस नुवाकोटको पार्टी कार्यालय बिदुरमा जारी बैठकमा सहमती भने जुटेको छैन ।

बैठकमा नेपाली काङ्रेस नुवाकोटका सभापती रमेश महत, उपसभापति राजु थापा, सचिब श्रीराम श्रेस्ठ सहित नेकपा माओबादी, नेकपा समाजबादी र जसपाका नेताहरु सहभागी छ्न । १२ वटा स्थानिय तह रहेको नुवाकोटमा ६० प्रतिशत भन्दा बढी हिस्सा नेपाली काङ्रेसलाई दिन अन्य दल सहमत छ्न, तर स्थानिय निकाय बाडफाढ भने भएको छैन । 

No comments:

Post a Comment