Monday, April 18, 2022

जो सँग लड्नु छ, उसैसँग गठबन्धन गर्नुको अर्थ छैन ः माओवादी नेता न्यौपाने


नुवाकोट । ५ बैशाख 

नेकपा माओवादीका प्रभावशाली युवा नेता लेखनाथ न्यौपानेले जो सँग लड्नु छ, उसैसँग गठबन्धन गर्नुको अर्थ नहुने बताएका छन् । विभिन्न जिल्लाको भ्रमण गरी स्थानीय स्तरका कार्यकर्तासँग लिएको ‘फिडब्याक’का आधारमा उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् । 

न्यौपानेले आफ्नो फेसवुकमा लेखेका छन्– जिल्ला भ्रमणको निष्कर्षः अन्तिममा जुन वर्गसँग लड्नु छ, त्यही वर्गको टाङ्मुनी छिरेर न संगठनलाई बचाउन सकिन्छ न त सुधारमार्फत् जनताको सेवा गर्न नै । मात्र केही थान मान्छेले जागिर खाने मेसोमा सिमित हुन्छ चुनाव । 


No comments:

Post a Comment