Monday, April 25, 2022

दुप्चेश्वरका गाउपालिका अध्यक्ष तामाङ एमाले प्रवेश, पुनः अध्यक्ष लड्ने

नुवाकोट । बैशाख १२


जिल्लाको दुप्चेश्वर गाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेसका जिल्ला सदस्य योविन्द्रसिंह नेकपा (एमाले) प्रवेश गरेका छन् । पार्टीले यही वैशाख ३० गतेको हुने स्थानीय तह निर्वाचनमा टिकट नदिएपछि तामाङ एमाले प्रवेश गरेका हुन् । 

उनीस“गै नेपाली कांग्रेसका निर्वाचन क्षेत्र नं १ को प्रदेश सभापति सुशील खड्का, वडा नं १ का अध्यक्ष सुनवहादुर तामाङ लगायतका नेताहरु कांग्रेस परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले उपमहासचिव विष्णु रिमाललगायतले सोमबार काठमाडौंमा पार्टी प्रवेश गराएका छन् । योविन्द्रसिंह गत निर्वाचनमा कांग्रेसबाट दुप्चेश्वर गाउ“पालिकामा विजयी बनेका थिए । 

पार्टीमा असन्तुष्टि बढेपछि यसअघि पनि कांग्रेस नुवाकोटका पूर्वउपसभापति यमबहादुर थापा एमाले प्रवेश गरेका थिए । उनले एमालेबाट पञ्चकन्या गाउपालिका अध्यक्ष पदका लागि टिकट पाएका छन् । तामाङ पनि अव एमालेबाट दुप्चेश्वरको अध्यक्ष लड्ने छन् । 


1 comment:

  1. नेपाली काँग्रेसबाट लिन पल्किएका तर पार्टीप्रति वफादार नभएका गद्दारहरु ऐंजेरु समान हुन् ।

    ReplyDelete