नुवाकोट/२ बैशाख
नुवाकोटमा बैशाख ४ गतेबाट ८ गते सम्म टाईफाईड विरुद्धको खोप लगाईने भएको छ । जिल्ला भर रहेका १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकाहरुलाई टाईफाईड विरुद्वको खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटद्धारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
यो अभियानको क्रममा आफ्ना बालालिकाहरुलाई नजिकको खोप केन्द्रमा लगेर टाईफाईड विरुद्वको खोप लगाउन स्वास्थ्य कार्यलयले जिल्लावासी सम्पूर्णलाई आह्वान गरेको छ । जिल्लाका ७५ हजार २ सय ५ वाललालिकालाई टाईफाईड विरुद्धको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए । खोप लगाउन जिल्लाभर चार सय २९ खोप केन्द्रमा ८ सय ९८ जना स्वयंसेवक खटाईने अधिकारीले वताए । खोप लगाउने उमेर समुह १५ महिनादेखि १५ वर्षसम्मका वालवालिकामध्ये ८० प्रतिशतभन्दा बढि विद्यालय उमेर समुहका वालवालिका भएकोले विद्यालयहरुलाई नै खोप केन्द्रको रुपमा प्रयोग गरिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत अमृत महर्जनले जानकारी दिए ।
विकसित मुलुकका १ लाख जनसंख्या मध्ये १ सय जनामा टाईफाईडको संक्रमित भेटिए विश्व स्वास्थ्य संगठनले महामारीको महामारीको रुपमा घोषणा गरेको कार्यलयले जनाएको छ । नेपालमा हाल प्रति एकलाख जनसंख्यामा १ सय ५० भन्दा बढीमा यो रोगको संक्रमण देखिएको जनाईएको छ । यो खोप १५ महिना वा सो भन्दा माथि उमेर समूहका सबैले लिन मिल्ने तर यो अभियानमा भने १५ महिनादेखी १५ वर्ष मुनिका बालबालिकाहरुलाई मात्र लगाईने कार्यलयले जनाएको छ । खोपको एलर्जीको समस्या भएका, एड्स् संक्रमित, गर्भवती महिला र स्तनपान गराईरहेका महिलाहरुले भने खोप लगाउन नहुने जनाईएको छ ।
No comments:
Post a Comment