Monday, April 18, 2022

भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, पेट्रोलकाे मूल्य ४ रुपैयाँ घट्यो

काठमाडौं । ५ बैशाख ।


भारतीय आयल कर्पोरेसन(आईओसी)ले नेपालमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । अप्रिल १६ मा पठाएको मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ । डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment