Thursday, April 21, 2022

नुवाकोटमा जेलिदै गठबन्धनको जालो

श्रीराम नेपाल 

नुवाकोटमा सत्तापक्षको चुनावी गठबन्धन सकसपूर्ण देखिएको छ । जिल्ला तहका नेताहरु लामो समयसम्म छलफलमा बसिरहेपनि ठोस निर्णय हुन सकेको छैन । यो आलेख तयार गर्दाको समय विहिवार विहान सम्म गठबन्धनमा भागवण्डा मिल्न नसकेको हो । आलेख तयार हु“दै गर्दा ९ बजे कांग्रेस सचिव श्रीराम श्रेष्ठले फेसवुक मार्फत गठबन्धन बैठक बसिरहेको र कुनै आधिकारिक निर्णय नभएको जनाउ दिएका छन् । 

२ वटा नगरपालिका र १० वटा गाउ“पालिका सहित १२ स्थानीय तह रहेको नुवाकोटमा भागवण्डाको पहिलो चरणमा भएको छलफल मा नै गठबन्धन भित्र असन्तुष्टि देखिएको छ । पहिलो चरणमा पालिका प्रमुख र उपप्रमुखको छलफल भएको हो । यस अन्तर्गत कांग्रेस र माओवादी पहिले आफूले जितेको भन्दा १ सिट भने पनि प्रमुख उपप्रमुख थप हुनुपर्ने अडानमा देखिन्छ । समाजवादीले अघिल्लो पटक एमालेले जितेको स्थानीय तह स्वत आफूले पाउनुपर्ने माग गरेको छ । अघिल्लो निर्वाचनमा काँग्रेसले प्रमुख र उपप्रमुखमा ७/७, एमालेले प्रमुख र उपप्रमुखमा ३/३, माओवादी केन्द्रले प्रमुख र उपप्रमुखमा २/२ जितेको थियो । अहिले समिकरण बनाउन यहा“वाट नै समस्या भएको हो । एमाले फुटेर बनेको समाजवादीमा नुवाकोटबाट न्युन संख्यामा मात्र जनप्रतिनिधी प्रवेश गरेकोले कांग्रेस र माओवादीले समाजवादीलाई प्रमुख÷उपप्रमुख लिन सक्ने ‘हैसियतमा’ नरहेको विष्लेषण गरेको छ । समाजवादीले भने प्राविधिक रुपमा जनप्रतिनिधीहरु आफ्नो दलमा नरहेपनि पूरानो एमालेको जनमत आफ्नो दलमा प्रशस्त रहेको दावि गरेको छ । गठबन्धनको गा“ठो यहिबाट शुरु हुन्छ–गठबन्धनको जिल्ला संयन्त्रका एक नेताले भने । यसअघि एमालेले जितेको वाहेक तादी र शिवपुरीमा आफ्नो संगठन बलियो रहेको दावि गर्दै समाजवादीले प्रमुखमा त्यहापनि दावि गरेको छ । 

गठबन्धनमा दलहरु : कांग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्री बन्न पाच दलविचमा गठबन्धन भएको हो । अहिलेपनि यसलाई पा“च दलीय गठबन्धन मानिन्छ । तर, चर्चामा रहेका छन् चार दल । अर्थात भागबण्डामा नाम आएका छन् चार दल । बाकी एक दल कहा गयो त ? चर्चामा रहेका चार दल हुन्–नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादी पार्टी जसपा । गुमनाम रहेको अर्को दल हो–राष्ट्रिय जनमोर्चा । राष्ट्रिय जनमोर्चाको प्रभाव क्षेत्र पाच नम्वर प्रदेश अर्थात गण्डकी प्रदेश हो । त्यसैले नुवाकोटमा मात्र होईन केन्द्रमा पनि गठबन्धन ह“ुदा चार दलको नाम चर्चामा छ । संयन्त्रमा भने जनमोर्चाको पनि उपस्थिती छ । तर, नुवाकोटमा संयन्त्रमा समेत जनमोर्चाको नाम छैन । त्यसैले भन्नलाई पा“च दलीय भनिएपनि गठबन्धन मुख्य चार दलको विचमा रहेको छ । यो आलेख त्यसैमा रहेर केन्द्रित छ । 

अघिल्लो चुनावको परिणाम :

अघिल्लो स्थानीय तह निर्वाचनमा काँग्रेसले अध्यक्ष र उपाध्यक्ष गरी १४ सित जितेको छ । त्यस्तै एमालेले अध्यक्ष÷प्रमुख, उपाध्यक्ष र उपप्रमुख गरी ६ सित जितेको छ भने माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्ष÷उपप्रमुख गरी चार सिट जितेको छ । ८८ वटा वडा मध्ये सबै भन्दा बढी नेपाली काँग्रेसले ३८ वटा वडा जितेको थियो । एमालेले ३४, माओवादी केन्द्रले १५, राप्रपाले एउटा वडा जितेको थियो । हाल एमालेको ३४ वटा वडा अध्यक्ष मध्ये ४ जना वडा अध्यक्ष नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शिवपुरी गाउँपालिकाको २ जना, बेलकोटगढी नगरपालिकाको एक जना र विदुर नगरपालिकाको एक जना बडा अध्यक्ष समाजवादीमा छन् । 

कस्तो होला भागवण्डा ?

सहमती जुट्न नसकेपनि भागवण्डाका विभिन्न खाका तयार भएका छन् । कांग्रेस र माओवादीले जितेको ठाउ“ यथास्थितीमा रहने गरी एमालेले जितेको ठाउ“मा मात्र भागवण्डा गर्ने विकल्पमा दलहरु विच लामो छलफल भएको छ । त्यसो हु“दा कांग्रेस नेतृत्वमा रहेको शिवपुरी, दुप्चेश्वर, तादी, लिखु, सुर्यगढी, किस्पाङ, मेघाङ कांग्रेस नै दोहोरिने देखिन्छ । माओवादी केन्द्रले जितेको ककनी, पञ्चकन्या माओवादीमा नै रहने देखिन्छ भने एमालेले जितेको विदुर, बेलकोटगढी र तारकेश्वर भागवण्डामा पर्ने देखिन्छ । तर, अघिल्लो स्थानीय तह निर्वाचनमा यी तिन तहमध्ये बेलकोटमा दोश्रो माओवादी र विदुर र तारकेश्वरमा दोश्रो कांग्रेसले आफ्नो दावि प्रस्तुत गरेको छ । त्यसो हु“दा समाजवादीले प्रमुख÷उपप्रमुख कतै पाउने देखिदैन । हाम्रो असहमती यहि छ–समाजवादीका एक नेताले भने–अघिल्लो निर्वाचनमा हामी एमालेमै रहेकोले एमालेले जितेको ठाउ“मा हाम्रो सम्मानजनक उपस्थिती हुनुपर्छ ।  अव रह्यो वडाको कुरा । वडा तहमा अघिल्लो पटक जितेको वाहेकमा भागवण्डा गर्दा एमालेले जितेको ३४ वटामा हाल समाजवादी प्रवेश गरेका ४ वटा कटाउदा ३० वडा बा“की रहन्छ । ३० वटा वडामा केन्द्रिय समिकरण अनुसार भागवण्डा गर्ने हो भने १५ वटा वडा कांग्रेसलाई थप हुने र बा“की १५ वटा वडा बा“की तिन दललाई भागवण्डा हुने देखिन्छ । केन्द्रमा महानगर र उपमहानगर भागवण्डा गर्दा ५० प्रतिशत कांग्रेस एकल रहने गरी र ५० प्रतिशत बा“की तीन दललाई रहने गरी भागवण्डा भएका छन् । मंगलवार नेकपा माओवादी अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलन मार्फत केन्द्रमा भएको भागवण्डाको अनुपातमै स्थानीय तहमा पनि भागवण्डा हुने वताएका थिए । 

अनुपातमा हिसाव :

केन्द्रबाट तय भएको महानगर÷उपमहानगरको अनुपात पचास प्रतिशत कांग्रेसलाई र बा“की ५० प्रतिशत बा“की तिनदललाई दिने हो । बा“की तिनदललाई दिईने ५० प्रतिशतमा वरावरी बा“डफा“ड गरिएको छ । जस्तै, ६ महानगरमध्ये कांग्रेसलाई तिनवटा र माओवादी केन्द्र, समाजवादी र जसपालाई एक÷एक सिट । जसमा मधेशकेन्द्रित दल भएकोले पहाड र हिमालमा भने त्यहि समिकरण नरहन पनि सक्छ । नुवाकोटकै सन्दर्भमा हेर्ने हो भने अघिल्लो स्थानीय निर्वाचनमा एउटा वडा पनि नजितेको जसपालाई मतको आधारमा भन्दा पनि गठबन्धनको लागि मात्र एक÷दुई वटा वडाको नेतृत्व गर्ने अवसर आउन सक्छ । यसरी हेर्दा नुवाकोटमा ६ वटा स्थानीय तह कांग्रेस र बा“की ६ वटा स्थानीय तहमा माओवादी, समाजवादी र जसपाले पाउने २\२ तह हो । जसपाको उपस्थिती खासै नरहेको र दावि पनि नरहेकोले बाकी ६ वटामध्ये माओवादी केन्द्र तिन र समाजवादीलाई तिन तह भाग आउ“छ । तर, यो पनि नुवाकोटमा सम्भव छैन । समाजवादी स्वयंले तीन तहमा प्रमुख÷उपप्रमुख दावि गरेको छैन । 

निष्कर्श  :

गठबन्धनको जालो जताबाट खोल्न खोलिएपनि जेलिईरहेको मात्र छ– जिल्लास्तरीय बैठकमा । कांग्रेस र माओवादीका दोश्रो तहका नेताले समाजवादीलाई छोडेर दुई दलविचमात्र समिकरण गर्न पनि सुझाएका छन् । तर केन्द्रिय निती अनुसार त्यसो गर्न सकिने अवस्थामा जिल्ला नेतृत्व छैन । गठबन्धनको जालो जेलिदै जादा समय जति घक्र्यो, समस्या त्यति बल्झने देखिन्छ । केन्द्रले सम्भव नभए ‘मित्रवत प्रतिष्पर्धामा जान सकिने’ पनि सर्कुलर पनि गरेको छ । सम्भव भएसम्म गठबन्धन नै हुन्छ, भएन भने केन्द्रको त्यो सर्कुलर पनि लागु हुन सक्छ–जिल्ला संयन्त्रका एक नेताले भने । 

No comments:

Post a Comment