Tuesday, April 19, 2022

विदुर २ को वडाध्यक्षमा एमालेबाट दिपक कायस्थ सर्वसम्मत

नुवाकोट । ५ बैशाख । 

नुवाकोटको विदुर नगरपालिका वडा नं २ मा नेकपा (एमाले) को तर्फबाट दिपक कायस्थ वडाअध्यक्षमा सिफारिस भएका छन् । आज वसेको वडा कमिटिको बैठकले कायस्थलाई सर्वसम्मत अध्यक्षको उमेदवार चयन गरेको हो । आजको बैठकले नेकपा एमाले विदुर नगर कमिटीका पूर्व अध्यक्ष एवं जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका कायस्थलाई उमेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको छ – वडा कमिटि अध्यक्ष दामोदर नेपालले भने–वडाध्यक्षमा अन्य स्थानीय नेताहरुको पनि आकांक्षा थियो, तर सर्वसम्मत रुपमा कायस्थलाई चयन गरेका छौ । 

जिल्लाको प्रमुख ब्यापारिक केन्द्र बट्टार सहित विदुर र नुवाकोट दरवार क्षेत्र समेत रहेको विदुर २ का लागि वडाध्यक्ष सिफारिस कायस्थ परिचित नाम हो । नुवाकोट उद्योग वाणिज्य संघ लगायत ब्यवसायिक र सामाजिक संघसंस्थामा क्रियाशिल कायस्थलाई एमालेले ‘बलियो’ उमेदवारको रुपमा अघि सारेको हो । यसअघि नेपाली कांग्रेसले विजय हासिल गरेको यस वडामा यस पटकको स्थानीय निर्वाचनमा कांग्रेस, माओवादी सहित पा“च दलिय गठबन्धन र एमालेविच चुनावी प्रतिष्पर्धा हु“दैछ । 


No comments:

Post a Comment