Friday, April 15, 2022

नयाँ वर्षको अवसरमा दुप्चेश्वरमा रेस्लिङ प्रतियोगिता


२ बैशाख

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा रिङ रेस्लिङ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नुवाकोटे टाइगर उपनामका कमल लामा र नुवाकोटकै अर्का रेस्लर प्रदीप पाण्डे विजयी भएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा आयोजना भएको प्रतियोगितामा विभिन्न विधामा १ दर्जन खेलाडीले सहभागिता जनाएका थिए । 

दोस्रो आरडब्लु समर स्लाम  रेस्लिङ खेलको नेपाली काङ्ग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महत र कांग्रेस जिल्ला सभापति रमेश महतले रिङ भित्रबाट घण्टी बजाएर उद्घााटन गरेका थिए ।

यसैगरी त्रिपल थ्रेडतर्फ साइन, चट्टान र किङरोवर्डबीचको खेलमा साइन च्याम्पियन बनाएका थिए । उनले ४५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरे । महिलातर्फको उपाधि तनुले जितिन । आकृतिलाई हराएकी उनले ४० हजार रुपियाँ नगद पुरस्कार पाइन । ट््याक टिम म्याचमा सिजे उड र योङ स्याडीललाई स्पाइडर म्यान र बाकाको जोडीले हराए । स्पाइडर म्यान र बाकाको जोडीले ६० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरे । 

प्रतियोगिताले नुवाकोटको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थल दुप्चेश्वर महादेव मन्दिरको प्रवद्र्वन समेत हुनसक्ने  डाक्टर महतले बताए । प्रतियोगितामा नुवाकोटे टाइगर प्रथम,  हेरिटेज च्याम्पियन डेभिड, चट्टान, साइड, योङ स्याडी, टुप्पी ग्याङ, जोन, सिजे वल्र्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यान, किङ रोबर्ट लगायतका नेपालका नाम चलेका रेस्लरहरुको भिडन्त भएको थियोे ।

रेस्लिङ प्रतियोगितामा चर्चित कलाकार प्रतिमा अर्याल र मदन थापाले लाईभ दोहोरी समेत प्रस्तुत गरेका थिए । नयाँ वर्षको अवसरमा आयोजित प्रतियोगितामा स्थानीयको उल्लेख्य उपस्थिती रहेको थियो । 


No comments:

Post a Comment