Monday, April 11, 2022

अर्थमन्त्रीको पत्रकार भेटघाट : अर्थतन्त्र सुद्रिण गर्ने ठोस योजना आएन

काठमाडौँ । २८ चैत्र २०७८ ।

अर्थतन्त्र कमजोर अवस्थामा पुगेको समयमा अर्थमन्त्रीद्धारा आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्थतन्त्र सुद्रिण गर्ने ठोस योजना भने आएन । सोमवार ४ बजे अर्थमन्त्रीको पत्रकार सम्मेलनवाट अर्थतन्त्र सुद्रिण बनाउन दिर्घकालिन र अल्पकालिन सुधारका योजना आउने अपक्षा गरिएकोमा त्यसो नभएको हो । 

यद्यपी पेट्रोलियम पदार्थ व्यवस्थापन र बैदेशिक रोजगारीबाट आउने रेमिट्यान्स ब्यवस्थापनका लागि केहि काम भने शुरु गर्ने उनले बताए । पेट्रोलियम पदार्थ व्यवस्थापनका लागि सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा गएको छ । पेट्रोलियम पदार्थको खपत २० प्रतिशत कम हुने गरी कटौती योजना बनाइएको अर्थमन्त्री जनार्दन शर्माले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिए । 

विलासिताका वस्तु आयात निरुत्साहित गर्ने, रेमिट्यान्स बढाउन श्रमिकहरुको सञ्चित लगानी कोष स्थापना गर्ने र विदेशमा रहेका कामदारलाई आईपिओ र एफपीओमा कोटा छुट्याउने निर्णय पनि मन्त्रिपरिषदमा गएको उनले बताए । बाह्य क्षेत्र बिग्रेकाले त्यसका लागि पहल गरिएको मन्त्री शर्माले बताए ।


No comments:

Post a Comment