Thursday, March 10, 2022

नुवाकोट आउँदै प्रचण्ड

 

नुवाकोट÷२६ फागुन ।

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष प्रचण्ड शनिवार नुवाकोट आउने भएका छन् । बिदुर ५ पिपलटारमा निर्माण भएको पोष्टबहादुर बोगटी स्मृति पार्कमा स्थापना गरिएको  प्रतिमा (शालिक) अनावरण गर्न उनी नुवाकोट आउन लागेको बताइएको छ । 

नुवाकोटको तुप्चेमा जन्मिएर माओबादी आन्दोलनमा लागेका बोगटीको योगदान, स्मरण तथा सम्मान र संझनामा पिपलटारमा पार्क बनाइएको हो । माओवादी पार्टिको नेतृत्व तहमा रहेका बोगटी तत्कालीन नुवाकोट क्षेत्र न ३ बाट पहिलो सम्बिधानसभामा निर्वाचित समेत भएका थिए ।


No comments:

Post a Comment