Sunday, March 13, 2022

काग्रेस नुवाकोटको ं“घर घर जाऔ,कांग्रेस जिताऔ”अभियान शुरु

नुवाकोट । २९ फागुन ।

नेपाली कांग्रेस नुवाकोटल “घर घर जाऔ,कांग्रेस जिताऔ”अभियानको शुभारम्भ गरेको छ । केन्द्रीय निर्देशन अनुसार २०७८ फागुन २९ गते देखि चैत्र २९ गते सम्म संचालन हुने अभियानको आईतवार एक कार्यक्रमका विच काग्रेस पार्टी कार्यालय विदुरमा शुभारम्भ गरिएको हो । 

“घर घर जाऔ,कांग्रेस जिताऔ” अभियान शुभारम्भ गर्दै नेपाली कांग्रेस केन्द्रिय सदस्य मदनवहादुर अमात्यले स्थानीय निर्वाचनमा कांग्रेस पहिलो दलको रुपमा स्थापित हुने बताए । ‘देशभर कांग्रेसको पक्षमा जनलहर देखिएको छ’–केन्द्रिय सदस्य अमात्यले भने–कम्युनिष्ट गठबन्धनलाई करिव दुई तिहाई जनमत दिदा पनि देशमा रहेको राजनीतिक अस्थिरता अन्त्य नभएकोले नेपाली जनताले कांग्रेसलाई बहुमत प्राप्त शक्तिको रुपमा देख्न चाहेका छन्, गाउँ गाउँ गएर कांग्रेसको नेतृत्वमा विकास र संवृद्धी सम्भव रहेको वताउनुहोला । ’

अभियान शुभारम्भ कार्यक्रममा बोल्दै कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले यो पटक जिल्लाको १२ वटै स्थानीय तहमा कांग्रेसको नेतृत्व रहने दावि गरे । ‘हालसम्म पार्टीले गठबन्धनको औपचारिक निर्णय गरेको छैन’ – पार्टी सभापति महतले भने–हाललाई हामी आफै १२ वटै स्थानीय तहमा जित्ने गरी अघि बढौं, राष्ट्रिय राजनीतिको आवस्यकता अनुसार गठबन्धन भयो भने पनि हामी लचकताका साथ गठबन्धनलाई जिताउन लाग्नेछौं । कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. केदारनरसिंह केसीले पार्टीको आन्तरिक जीवनमा उतारचडाव आउनु स्वभाविक रहेपनि निर्वाचन पछि ती कुराहरुलाई विर्सिएर अगाडि बढ्न नेतृत्वलाई सुझाव दिए । ‘आन्तरिक प्रतिष्पर्धा लोकतन्त्रको गहना हो, तर मत परिणामसँगै सवैलाई समेटेर अगाडि बढ्न जरुरी छ–नेता केसीले भने–सवैलाई समेटेर हरेक तहमा कांग्रेसले जित्ने माहौल बनाउन जरुरी छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला तथा स्थानीय स्तरका नेताहरुले आगामी स्थानीय निर्वाचन जित्ने गरी रणनीति बनाउन नेतृत्वलाई सुझाव दिएका छन् । 


No comments:

Post a Comment