Friday, March 4, 2022

युद्व रोक्न माग गर्दै शान्ती समाजको प्रदर्शन

नुवाकोट / रुसले  युक्रेनमाथी गरेको  आक्रमण  रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाज नुवाकोटले प्रदर्शन गरेको छ । शुक्रबार मानव अधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न माग गर्दै नुवाकोटको बिदुरमा प्रदर्शन गरेको हो । 

सहभागीले मानव अधिकारकर्मीले युक्रेनमाथि अतिक्रमण बन्द गर्, तत्काल सैनिक फिर्ता गर्, शान्ति प्रवद्र्धनमा जोड दिऔँ, युद्ध रोकौँलगायत प्लेकार्ड देखाएर शान्तिपुर्ण प्रदर्शन गरेका हुन । दुई देश बिच रहेको समस्या युद्धबाट नभइ शान्तिपुर्ण ढङले समाधान गर्न आव्हान गर्दै प्रदर्शन गरिएको समाजका जिल्ला अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।

No comments:

Post a Comment