Friday, March 4, 2022

को हुन् मृतक पौडेल ?


नुवाकोट । फागुन २०

आज विहानै देखि नुवाकोटका युवाहरुले सामाजिक सञ्जालमा एक ट्राफिक प्रहरीलाई हार्दिक श्रद्धाञ्जली लेखेर पोष्ट गरे । सवारीसाधन हुने हरुका लागि त त्यो तस्विर नयाँ थिएन । तर, सवारी साधन नहुने नागरिक जसले ट्राफिकलाई खासै याद गर्नुपर्दैन उनीहरु भने श्रद्धाञजली लेखिएका मृतक पौडेल को रहेछन् भन्ने ब्यापक चासो रहेको पाईयो । यसैले हामीले यो समाचार प्रकाशन गरेका छौं । 

चितवनको भरतपुर महानगरपालिका ६ स्थित जयनेपाल चोकमा ट्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीका एकजना सईको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १४ राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत सई अर्जुन पौडेलको गएराति मृत्यु भएको हो । गएराति ९ बजेतिर महेन्द्र चोकबाट चोक बजारतर्फ जाँदै गरेको ना ४ त ८८२९ नम्बरको ट्याक्टरले ना १६ प ३१५ नम्बरको मोटरसाइकलमा सवार पौडेललाई ठक्कर दिएको थियो । पौडेलको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । ट्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय गितानगरले नियन्त्रणमा लिएको त्यहाँस्थित सिनर्जी एफएमले जनाएको छ । 

मृतक पौडेल केहि समय नुवाकोटमा कार्यरत थिए । सहयोगी भावना र मिजासीलो ब्यवहारका कारण यहाँका युवाविच उनी लोकप्रिय थिए । 


No comments:

Post a Comment