Saturday, March 26, 2022

संघियताको अनुभूती हुने गरी काम गर्न प्रथम राष्ट्रपति डा. यादवको आग्रह

 नुवाकोट,चैत ११ । 


गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संघियता कार्यान्वयनको प्रमुख जिम्मेवारी स्थानीय तहमा रहेको वताउनुभएको छ । तल्लो तहका नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने भएकोले स्थानीय तहको कार्यसम्पादन उत्कृष्ट भएमामात्र नागरिकले संघियताको अनुभुती गर्न सक्ने उहाँले बताउनुभयो  । 

नुवाकोटकोको शिवपुरी गाउँपालिकाको प्रशासनिक भवन उद्घाटनका गर्दै डा. यादवले नयाँ संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न वनाएकोले अधिकारको सदुपयोग गर्न आग्रह गर्नुभयो । नागरिकलाई आवस्यक पर्ने प्रशासनिक कामहरु विना झञ्झट सम्पन्न गरी संघियतालाई सफल बनाउन स्थानीय निकायको भूमिका महत्वपूर्ण रहने डा. यादवको भनाई छ । 

१२ वटा स्थानीय तह रहेको नुवाकोटमा शिवपुरीले सबैभन्दा पहिले प्रशासनिक भवन निर्माण सम्पन्न गरेको हो । दुई वर्ष अघिदेखि नै नयाँ प्रशासनिक भवनबाट सेवा दिदै आएको गाउँपालिकाले भवनको औपचारिक उद्घाटन भने शनिवार गरेको हो । कोरोना संक्रमण र लकडाउनका कारण औपचारिक शुभारम्भ गर्न ढिलाई भएको गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले वताउनुभयो । ३ करोड ८० लाख रुपैयाँ लागतमा निर्माण भएको भवनबाट गाउँपालिकाले प्रवाह गर्ने सवै प्रशासनिक सेवा प्रवाह गर्न सकिएको बताईएको छ । गाउँपालिकाको चार वटा वडाले आफ्नै भवन निर्माण गरी सेवा प्रवाह गरिरहेको अध्यक्ष थापाले वताउनुभयो । 


कार्यक्रममा पुर्बमन्त्री एबम काङ्ग्रेस नेता रामशरण महत, अर्जुननरसिंह केसी, बागमती  प्रदेश उपसभामुख राधिका तामाङ, संविधानसभा सदस्य जगदिश्वर नरसिंह केसी, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, उपप्रमुख अप्सरा थापा, नेपाली कांग्रेस नुवाकोटका सभापति रमेश महत, नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनाली, नेकपा समाजवादीका सचिव पदम उप्रेती लगायतले शुभकामना दिनुभएको थियो । सडक मार्ग बाट टोखा छहरे हुँदै आउनु भएका डा यादब भवन उद्वघाटन सम्पन्न गरेर शनिवार नै फर्कनु भएको छ । 


No comments:

Post a Comment