Sunday, March 13, 2022

प्रविधिमैत्री बन्दै नुवाकोट कांग्रेस

नुवाकोट/२९ फागुन

नेपाली कांग्रेस नुवाकोटले सूचना प्रविधिको प्रयोगलाई उच्च महत्व दिने भएको छ । पार्टीका गतिबिधी, ईतिहास तथा महत्वपूर्ण दस्तावेजहरु संग्रह गर्न कांग्रेसले सूचनाप्रविधिको प्रयोग शुरु गरेको हो । 

कांग्रेस नुवाकोटले एक कार्यक्रमका विच आधिकारिक अनलाईन तथा फेसवुक लगायत सामाजिक सञ्जालको शुभारम्भ गरेको हो । पार्टी कार्यालय विदुरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अनलाईन तथा सामाजिक सञ्जालको औपचारिक शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै प्रवक्ता महतले नेपाली कांग्रेसको नेतृत्वमा मूलुकमा भएका परिवर्तन र हरेक गतिविधीहरु सार्वजनिक गर्न सूचना प्रविधिका नविनतम माध्ययम प्रयोग शुरु हुनु सकारात्मक रहेको बताए । कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिका सभापति रमेशकुमार महतले नेपाली कांग्रेसले राष्ट्रिय राजनीति र जिल्लाको विकास निर्माणमा पु¥याएको योगदानको संग्रहका साथै दैनिक हुने हरेक क्रियाकलापवारे आम नागरिकलाई सुचित गर्न सूचना प्रविधिको प्रयोग शुरु गरेको बताए । 

कार्यक्रममा पार्टी सचिव बैकुण्ठ मिश्रले कांग्रेसले स्थानीय स्तरमा गर्ने हरेक गतिविधी तत्कालै सार्वजनिक गर्न तथा कार्यकर्ताको मात्र नभई आम नागरिकका सुझाव र गुनासोहरु सम्बोधन गर्न अनलाईन र सामाजिक सञ्जाल उपयोगी हुने बताए । 

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य मदनवहादुर अमात्य, उपसभापति राजु थापा, सचिव श्रीराम श्रेष्ठ, पूर्वसभापति ध्रुव अधिकारी, जिल्ला समन्वय समिति नुवाकोटका सभापति सन्तमान तामाङ, म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङ, दुप्चेश्वर गाउँपालिका अध्यक्ष योबिन्द्रसिङ तामाङ, नेपाल उद्योग वाणिज्य महासङका केन्द्रीय सदस्य राजन श्रेष्ठ, नुवाकोट अध्यक्ष ताराबहादुर कार्कि, नेपाली काङ्ग्रेस महासमिति सदस्य गिता अमात्य लगायतको उपस्थिती रहको थियो ।


No comments:

Post a Comment