Monday, March 7, 2022

उद्यमशिलता प्रवद्र्धन गर्न पशुपालन तालिम

नुवाकोट । २२ फागुन । 

नुवाकोटको विदुर ५ पिपलटारका किसानलाई पशुपालनवाट उद्यमशिलता प्रवद्र्धन गर्न तालिम आयोजना भएको छ । निर्वाहमुखी ढंगले सञ्चालन भईरहेको पशुपालनलाई  ब्यवसायिक बनाउन जोड दिदै तालिम सञ्चालन भएको हो । 

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति नुवाकोटको आयोजनामा सञ्चालित तिन दिने तालिम आईतवार सम्पन्न भएको हो । तालिम समापन कार्यक्रममा बोल्दै वागमती प्रदेशका कृषि तथा पशुपंक्षि मन्त्री इन्द्रमाया गुरुङले तालिमपछि ब्यवसायिक ढंगले पशुपालन गर्न जोड दिईन् । ‘कृषिप्रधान मुलुक भएर पनि नेपालमा पशुजन्य वस्तुको आयात बढ्दो छ’ मन्त्री गुरुङले भनिन्–ब्यवसायिक पशुपालन गरेर दुग्धपदार्ध तथा मासुमा आत्म निर्भर बन्न सके आयात प्रतिस्थापन गरी ब्यापार घाटा न्युनिकरण गर्न सकिन्छ ।

 कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटका प्रमुख रामप्रसाद भुषालले कृषि तथा पशुपालनको ब्यवसायिकताबाट नै किसानहरु आत्म निर्भर हुन सक्ने बताए । 

उद्यम गरौ, उद्यमी बनौ, स्वदेशी बस्तु प्रयोग गरौ भन्ने नाराका साथ किसानहरुलाई पशुपालनमा आकर्षित गर्न र ब्यवसायका क्रममा आउने समस्या समाधान र बजार प्रवद्र्धन गर्न तालिम आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति नुवाकोटका अध्यक्ष रामकृष्ण राजभण्डारीले जानकारी दिए । 


No comments:

Post a Comment