Friday, March 4, 2022

राप्रपा बैकल्पिक शक्तिको रुपमा स्थापित हुँदै- पूर्वअध्यक्ष लोहनी

नुवाकोट / फागुन २० 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नेपाली नागरिकले बैकल्पिक शक्ति चाहेको बताएका छ्न । ठूला दलका छलछामबाट वाक्क भएका नागरिकले राप्रपाबाट विकल्प खोजेको  बताएका हुन ।

नुवाकोटको  ककनि वडा नं २ मा राप्रपाको वडा कार्यालय भवन उद्वघाटन गर्दै नेता लोहनिले बैकल्पिक शक्तिको रुपमा स्थापित हुन जिल्लास्तरिय नेताकार्यकर्तालाई निर्देशन समेत दिए । 

‘राप्रपा वैकल्पिक शक्तिको रुपमा आओस् भन्ने जनचाहना छ । यो अतिरञ्जना होइन, जनता माझबाट आएको यथार्थ हो । निश्चित पनि यस मानेमा, राप्रपाले महाधिवेशनपछि फड्को मारेको छ,’ डा लोहनीले भने-‘कांग्रेस, एमाले र माओवादीको छलछाम र कामबाट वाक्क भएर राप्रपालाई जनताले आशाका साथ हेरीरहेका छन् । राष्ट्रवादी, प्रजातान्त्रिक छवी भएको राप्रपाबाट सुधार प्राप्त होस् भन्ने जनताले अपेक्षा लिएका छन् ।’  लोहनिले आफ्नो पहलमा शुरु भएको टोखा छहरे सडकले त्यस क्षेत्रमा भएको बिकासको स्मरण समेत गरे । <script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-1091973586372431"

     crossorigin="anonymous"></script>

<ins class="adsbygoogle"

     style="display:block; text-align:center;"

     data-ad-layout="in-article"

     data-ad-format="fluid"

     data-ad-client="ca-pub-1091973586372431"

     data-ad-slot="3728539592"></ins>

<script>

     (adsbygoogle = window.adsbygoogle || []).push({});

</script>

कार्यक्रममा राप्रपा का नेता भरतजंग उप्रेती ,केन्द्रीय सदस्य जनकराज पाठक,गंगामाया तामाङ, युवक संगठनका अध्यक्ष राजु लोहनी,वागमती प्रदेश प्रवक्ता विष्णु सापकोटा लगायतले आगामी स्थानिय चुनाबबाटै राप्रपा बैकल्पिक शक्ति बन्ने बताए । कार्यक्रममा वाग्मती प्रदेश सदस्य शिव अधिकारी,जिल्ला वरिष्ठ उपाध्यक्ष विमल थापा,उपाध्यक्ष, कान्छा लामा,क्षेत्रीय अध्यक्ष तेज लामा,पुर्व केन्द्रीय सदस्य सुन्दर पान्डे,पौषनाथ ढुगांना,नरेन्द्र फुयाल,स्यामसुन्दर वलामि,जिल्ला सदस्यहरु ,क्षेत्रीय सदस्यहरु लगायतका नेता कार्यकर्ता हरुको उपस्थित रहेको थियो।

 कार्यक्रम वडा समितिका अध्यक्ष केसव घिमिरे को अध्यक्षतामा सम्पन्न भयको थियो।

No comments:

Post a Comment