Sunday, March 6, 2022

स्थानीय निर्वाचनमा एमाले पहिलो दल- ज्ञवालि

नुवाकोट / २१ फागुन । 


नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालिले स्थानिय निकाय निर्वाचनमा एमाले पहिलो दल हुने दाबी गरेका छ्न । अघिल्लो स्थानिय निर्वाचनमा अन्य दलहरुले घोषित/ अघोषित रुपमा गठबन्धन गर्दा समेत एमाले पहिलो दल भएको स्मरण गर्दै ज्ञवालिले आगामी निर्वाचनमा पनि पहिलो दल बन्ने दाबी गरे । 

'त्यो बेला एमाले एक्लै लढेर देशभरबाट ४२ प्रतिशत मत ल्याएको हो'- प्रेस चौतारी नुवाकोटले आयोजना गरेको  पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालिले भने- 'यो पटक देशब्यापी रुपमा एमालेको माहोल बढेको छ, त्यो भन्दा बढी मत ल्याएर पहिलो दल बन्ने छौ ।' अर्को एक प्रसङ्गमा नेता ज्ञवालिले आफ्नो दलको जायज माग पूरा नगरिए सम्म सम्सद बैठक अबरोध जारी रहने बताए । 'कतिपयले सम्सद पुनर्स्थापना भएको अस्विकार गरेर एमालेले सम्सद बैठक अबरोध गरेको आरोप लगाएका छन'उनले भने- 'सम्मानित अदालत बाट पुनर्स्थापना भएको सम्सद हामिले स्विकार गरेका छौ, सभामुखको बहिर्गमन र एमालेले कारबाही गरेका सम्सद अनुपस्थित रहने हो भने सम्सद तुरुन्तै सुचारु हुन्छ ।'                                    एमाले नुवाकोटले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमका क्रममा ज्ञवाली नुवाकोट आएका हुन। 

No comments:

Post a Comment