Wednesday, March 9, 2022

सिमचौरमा वुद्ध मुर्ती अनावरण

नुवाकोट÷२४ फागुन

नुवाकोटको विदुर नगरपालिका वडा नं ४ सिमचौरमा वुद्ध मुर्ती अनावरण गरिएको छ । मंगलवार एक कार्यक्रमका विच नगर प्रमुख सञ्जु पण्डितले मुर्ती अनावरण गरेका हुन् । 

विदुर नगरपालिकाको एक वडा एक पार्क कार्यक्रम अन्तर्गत मुर्ती निर्माण गरिएको हो । कार्यक्रममा नगरप्रमुख पण्डितले मुर्ती अनावरण गर्नुका साथै विदुर ४ का वडाध्यक्ष टलकमान श्रेष्ठ, सदस्य बसन्त रिजाल र टोल विकास समितिका अध्यक्ष शिवकुमार लामालाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो । मुर्ती अनावरण तथा हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख पण्डितले नगरपालिकामा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न एक वडा एक पार्क कार्यक्रम कार्यान्वयन गरिएको वताए । 

कार्यक्रममा वडाध्यक्ष टलकमान श्रेष्ठले विदुरको मुटुमा रहेर पनि विकासमा पछि परेको यस क्षेत्रमा स्थानीय तहको निर्वाचन पछि विकासको मुहार फेरिएको वताए । कार्यक्रममा वडा सदस्य वसन्त रिजालले वडा कार्यालय र स्थानीयको साझेदारीमा पछिल्लो समय सिमचौर क्षेत्र आन्तरिक पर्यटनको गन्तब्यको रुपमा विकास हुँदै गएको बताए । 


No comments:

Post a Comment