Saturday, March 12, 2022

स्वर्गीय नेता बोगटिको शालिक अनावरण

नुवाकोट/ २८ फागुन ।

नुवाकोटको विदुर नगरपालिका ५ मा स्वर्गिय नेता पोष्टबहादुर बोगटीको सालिक अनावरण गरिएको छ । पोष्टबहादुर बोगटी स्मृति पार्कमा शनिबार एक कार्यक्रमका बिच नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शालिक अनावरण गरेका हुन । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रचण्ड, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेता हितमान शाक्य, प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ, हितराज पाण्डे लगायतले माओबादी आन्दोलनमा बोगटिको भुमिकाको चर्चा गरे । कार्यक्रममा नेपाली काङ्रेसका प्रवक्ता डा प्रकाशशरण महत, नेता हरु डा.रामशरण महत, अर्जुननरसिंह केसी,  नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र लोहनी लगायतले जिल्लामा बोगटिको योगदान र उनको सन्तुलित भुमिकाको प्रसम्सा गरे ।  कार्यक्रममा वाग्मती प्रदेशसभाका उपसभामुख राधिका तामाङ, प्रदेश सांसद हिरानाथ खतिवडा, माओवादी केन्द्रका नेता नारायण दाहाल, संविधानसभा सदस्य राममाया बोगटी, वाग्मती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्रीलगायत विभिन्न दलका नेता, कार्यकर्ता र सर्वसाधारणको उपस्थिती रहेको थियो । 

 स्थानीय भोजराज पनेरुको अध्यक्षतामा रहेको पोष्टबहादुर बोगटी स्मृति पार्क निर्माण उपभोक्ता समितिले शालिक निर्माण गरेको हो । वाग्मती प्रदेश आन्तरिक मामिला मन्त्रायबाट व्यवस्थापन भई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट  प्राप्त ४० लाख रुपैयाबाट शालिक निर्माण गरिएको अध्यक्ष पनेरुले जानकारी दिए । 

सालिक निर्माणाधीन पोष्टबहादुर बोगटी स्मृतिपार्क निर्माण गरिएको हो । पार्कस्थलमा ३ कोठाको पोष्टबहादुर बोगटी स्मृति पुस्तकालय भवन, २ कोठाको अस्थायी निवास  टिकटघर निर्माण भइसकेको प्रतिष्ठानका कार्यालय सचिव प्रभा बोगटीले जानकारी दिइन ।

No comments:

Post a Comment