Thursday, March 10, 2022

प्रधानमन्त्री देउवा आज नुवाकोट आउँदै

नुवाकोट/  ३० फागुन ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापती शेरवहादुर देउवा नुवाकोट आउने भएका छन् । जिल्लामा जिल्लामा आज आयोजना हुन लागेको छुट्टाछुट्टै कार्यक्रमका लागि देउवा आउन लागेका हुन् । 

जिल्लाको किस्पाङ र तादी गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवन उद्घाटन गर्न प्रधानमन्त्री उनी आज आउनेछन् । ‘प्रधानमन्त्री देउवाको समय मिलाएर कार्यक्रम आयोजना गरिएको छ’ गाउँपालिका तादीका अध्यक्ष नारायणप्रसाद पाण्डेले भने–प्रधानमन्त्रीले नवनिर्मित भवन उद्घाटन गर्नुहुनेछ । प्रधानमन्त्री देउवाले किस्पाङ गाउँपालिकाको भवन उद्घाटन गरी तादीको गर्ने कार्यक्रम रहेको किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र लामाले जानकारी दिए । प्रधानमन्त्रीको ब्यस्तताको कारण किस्पाङको भवन उद्घाटन गरी तादी जानुहुनेछ–लामाले भने ।  


No comments:

Post a Comment