Monday, March 7, 2022

नेकपा माओबादिमा युवा बर्चस्व

नुवाकोट / २२ फागुन । 


नेकपा (माओवादी केन्द्र)ले पार्टीमा भावी नेतृत्वसमेत तयार पार्ने उद्देश्यले युवालाई प्राथमिकताका साथ केन्द्रीय समितिमा समेटेको छ ।

काठमाडौँमा जारी केन्द्रीय समितिको बैठकमा माओवादीले विद्यार्थी सङ्गठका पूर्व अध्यक्ष तथा सहायक सङ्गठन वाइसिएल नेपालका अध्यक्षलगायत युवालाई केन्द्रीय समितिमा ल्याएको हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा युवा प्रौढ र वृद्ध तिनै उमेर समूहको उचित प्रतिनिधित्व गराउने लक्ष्यका साथ युवालाई विशेष भूमिका दिइएको जानकारी गराउनुभएको थियो ।

अखिल (क्रान्तिकारी)का छ जना पूर्व अध्यक्ष केन्द्रीय समितिमा अटाएका छन् । गत पुसमा सम्पन्न आठौँ महाधिवेशनमा मनोनित हुन बाँकी केन्द्रीय सदस्यमध्ये आज ९७ जनाको नाम प्रस्ताव गरिएको थियो । केन्द्रीय समितिमा अटाएका युवा नेतामा रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दीपक देवकोटा, विजय गौतम हुनुहुन्छ ।

यस्तै रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल र सन्तोष विष्टलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ । यस्तै शैलेन्द्र घिमिरे, दीपक कोइराला, इन्द्र गोतामे, सुदीप कुँवर र सूर्यमान दोङ पनि केन्द्रीय समितिमा समेटिनुभएको छ 

No comments:

Post a Comment