Friday, March 4, 2022

नुवाकोटको विदुरमा सुलभ तरकारी तथा फलफूल बजार संचालनमा

नुवाकोट/२० फागुन


नुवाकोटमा सुलभ तरकारी तथा फलफूल बजार सञ्चालनमा आएको छ । जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटले विदुरमा वजार सञ्चालन गरेको हो । 

सुलभ तरकारी तथा फलफूल बजारको शुक्रवार एक कार्यक्रमका विच जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्ण न्यौपानेले उद्घाटन गरेका छन् । जिल्लामा उत्पादित तरकारी तथा फलफूलको उचित मूल्यमा बिक्री–वितरण गर्ने उद्देश्यले वजार शुरु गरिएको अध्यक्ष न्यौपानेले बताए । तरकारी बजारमा किसानले उचित मूल्यमा तरकारी विक्री गर्न सक्ने र उपभोक्ताले सुलभ मूल्यमा खरिद गर्न सक्ने न्यौपानेले बताए । 

संघले लकडाउनको अवधिमा घुम्ती रुपमा सञ्चालन गरेको सुलभ तरकारी तथा फलफूल बजारलाई संघकै भवनबाट स्थायी रुपमा संचालन आरम्भ गरेको हो । कोरोना सक्रमण, रोकथाम र नियन्त्रण गर्न गरिएको लकडाउनले जिल्लामा उत्पादित तरकारी तथा फलफूल बारीमै कुहिने अवस्था र उपभोक्ताले सहज मूल्यमा नपाउने समस्यालाई समाधान गर्न संघले अघिल्लो लकडाउनबाट घुम्ती तरकारी बजार संचालनमा ल्याएको थियो । संघले जिल्लाको शिवपुरी र ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिकाभित्र रहेका कृषि सहकारीसँग समन्वय गरेर तरकारी तथा फलफूल वजार संचालनमा ल्याएको संघका सचिव प्रकाशकुमार अधिकारीले जानकारी दिए । सहकारी वजार विकास कार्यक्रमको सहयोगमा जिल्ला सहकारी संघद्धारा निर्मित भवनमा वजार संचालन गरिएको सचिव अधिकारीले वताए । तरकारी बजारमा जिल्लामा उत्पादित आलु, काउली, बन्दा, मूला, गोलभेडा लगायतको मौसमी तथा बेमौसमी तरकारीसमेत बिक्री गरिरहेको उनले बताए । वजारमा तरकारी तथा फलफूलको मूल्यमा एकरुपता नभईरहेको समयमा सहकारी संघले सचालन गरेको तरकारी बजारले मूल्यमा एकरुपता ल्याउने अपेक्षा गरिएको छ । 


No comments:

Post a Comment