Monday, March 7, 2022

लायन्स क्लवद्धारा स्वास्थ्य शिविर सञ्चलन

नुवाकोट । २२ फागुन

नुवाकोटको विदुर ८ केउरीनिमा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । नुवाकोटमा रहेका विभिन्न लायन्स क्लवको आयोजनामा सञ्चालित शिविरमा एक हजार जना भन्दा बढि स्थानीय नागरिकले स्वास्थ्य सुविधा लिएका छन् । 

शिविरमा पिपुल्स मेडिकल कलेजका चिकित्सक सहितको स्वास्थ्यकर्मीद्धारा स्वास्थ्य परिक्षण तथा औषधि वितरण गरिएको थियो । शिविरमा स्त्री तथा प्रजनन रोग, हाड जोर्नी तथा नशा रोग, आँखा रोग सम्बन्धी जाँच तथा चश्मा वितरण, नाक, कान, घाँटी रोग सम्बन्धी परिक्षण र औषधि वितरण गरिएको लायन्स क्लव अफ नुवाकोट उपकारका चार्टड प्रेसिडेन्ट सन्तोष उप्रेतीले जानकारी दिए । कार्यक्रममा लायन्स नमुना गाउँ केउरीनीका १ सय ३ परिवारलाई झुल वितरण गरिएको थियो 

क्लवले सामाजिक उत्तरदायित्व अन्तरगत गरिवी निवारण, स्वास्थ्य, शिक्षा तथा  पर्यावरणको क्षेत्रमा काम गर्दै आएको लायन्स सन्तोष उप्रेतिले जानकारी दिए । शिविर समापन कार्यक्रममा विदुर ८ का वडाध्यक्ष फैसिङ तामाङ, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्की लगायतले लायन्सले गरेको कार्यको प्रशंसा गरे । कार्यक्रममा लायन्स क्लव अफ त्रिशूलीका संस्थापक अध्यक्ष श्रीकृष्ण रिजाल, हालका अध्यक्ष ऋषि प्याकुरेल, लायन्स क्लव अफ नुवाकोट क्यापिटलका अध्यक्ष दिनेशकुमार श्रेष्ठ, लायन्स क्लवको प्रस्तावित डिस्ट्रिक्ट जे का ईलेक्ट हरिप्रसाद मरहठ््ठा लगायतको उपस्थिती रहेको थियो । 


No comments:

Post a Comment