Wednesday, March 9, 2022

दुर्घटनाका घाईतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाण्डौ पठाईयो

नुवाकोट/२४ फागुन

नुवाकोटमा भएको सडक दुर्घटनामा दुईजना घाईते भएका छन् । वसले  मोटरसाईकललाई ठक्कर दिएर भएको दु्र्घटनाका घाईतेको जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि हेलिकोप्टरबाट काठमाण्डौं पठाईएको छ । 

काठमाडौं बाट त्रिशुली तर्फआउदै गरेको बसले बेल्कोटगढि –८ कासिटार नया पुल मा विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो । बसको ठक्कर मोटरसाइकल चालक बिदुर– ३ सिर्खाली पुसुनटारका बालकृष्ण अधिकारि र पछाडी सवार बिदुर –३ निबासी हाल बेल्कोटगढि–८ ठुलो खोला स्थित होटेल आर्या सन्चालन गर्दै आयका राजु श्रेष्ठ  दुबै गम्भीर घाइते भएका हुन् । घाइतेहरूको  तत्काल उपचार को लागि जिल्ला अस्पताल त्रिशुली पठाइएकोमा त्यहाँ उपचार हुन नसकेपछी थप उपचार को लागि  हेलिकप्टर बाट काठमाडौं लगिएको छ । तस्विर :  राकेश श्रेष्ठ


No comments:

Post a Comment