Saturday, March 26, 2022

पूर्व राष्ट्रपति डा रामवरण यादव नुवाकोटमा

श्रीराम नेपाल

नुवाकोट,चैत ११ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादव नुवाकोट आउनु भएको  छ । जिल्लाको शिवपुरी गाउँपालिकाको प्रशासनिक भवन उद्घाटनका लागि यादव  शनिबार नुवाकोट आउनु भएको हो ।

कार्यक्रममा पुर्बमन्त्री एबम काङ्ग्रेस नेता रामशरण महत, अर्जुननरसिंह केसी, माओवादी नेता हितबहादुर तामाङ, बागमती  प्रदेश उपसभामुख राधिका तामाङ लगायतको उपस्थिती छ । सडक मार्ग बाट टोखा छहरे हुँदै आउनु भएका डा यादब भवन उद्वघाटन सम्पन्न गरेर आजै फर्कने कार्यक्रम रहेको गाउपालिका अध्यक्ष रामकृष्ण थापाले बताउनुभयो ।

No comments:

Post a Comment