Friday, March 11, 2022

बट्टार दुर्घटना अपडेट


श्रीराम नेपाल/

नुवाकोट/२७ फागुन

नुवाकोटको बट्टारमा शुक्रवार विहान भएको सडक दुर्घटनामा दुईजना घाइते भएका छन् । विहान ६ बजे विदुर–४ बट्टारको ब्यारेक नजिकै पानी बोक्ने ट्याङ्करले मोटरसाईकलाई ठक्कर दिएर दुर्घटना भएको हो । 

ठक्करबाट मोटरसाईकलमा सवार तिन जना घाईते भएका छन् । ट्याङ्करको ठक्करबाट घाइते हुनेमा तारकेश्वर गाउँपालिका वडा नं १ दाङसिङका २४ वर्षिय अर्जुन तामाङ, १९ वर्षिय ज्ञानु तामाङ र ९ वर्षिक वालक आयाम तामाङ रहेका छन् । घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल त्रिशूली लगिएको छ । घाइतेमध्ये ज्ञानुको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । 

ना ३ ख ६१८१ नंवरको पानी बोक्ने टयाङ्करले बा ६५ प ८८५९ नंवरको मोटरसाईकलाई ठक्कर दिएको हो । 


No comments:

Post a Comment