Saturday, March 5, 2022

भाल्चेमा ल्होसार विशेष साँस्कृतिक कार्यक्रम

नुवाकोट/२१ फागुन

नुवाकोटको किस्पाङ १ भाल्चेमा ल्होसार विशेष सास्कृतिक कार्यक्रम आयोजना भएको छ । भाल्चे युवा समाजको आयोजनामा शनिवार सास्कृतिक कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, कांग्रेस नेता जदगदिश्वर नरसिंह केसी, डा. केदारनरसिंह केसी, गाउँपालिका अध्यक्ष छत्र लामा लगायतको उपस्थिती रहने छ । नेपाल दुर्गम विकास युवा समाजको सहआयोजनामा सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने जनाईएको छ । सोनाम ल्होसार प्रवद्र्धन, हाम्रो साँस्कृतिक अभियान भन्ने नाराका साथ २८५८ औं सोनाम ल्होसारको सन्दर्भ पारेर कार्यक्रम आयोजना गरिएको हो । 


No comments:

Post a Comment