Monday, March 7, 2022

एमालेबाट निर्वाचत गाउँपालिका अध्यक्ष कांग्रेस प्रवेश



नुवाकोट । २४ फागुन । नेकपा एमालेबाट निर्वाचित वलेफी गाउँपालिका, सिन्धुपाल्चोक अध्यक्ष केदार क्षेत्री सहित  एमाले नेता कार्यकर्ता काङ्रेस प्रबेश गरेका छ्न । एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य कृष्ण क्षेत्री, एमाले नेता विष्णु तिमिल्सिना सहित नव प्रबेशीलाई काङ्रेस सभापति शेर बहादुर देउबाले पार्टी सदस्यता दिएर पार्टीमा भित्र्याएका छ्न । 

केहि समय अघि नेकपा एमाले त्यागेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गर्ने गरेका हुन । एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको भन्दै क्षेत्रीले केही समयअघि नेकपा एमाले छाडेको घोषणा गरेका थिए । क्षेत्री एमाले जिल्ला अध्यक्षका दाबेदार थिए । जिल्ला अध्यक्षमा यसअघिका सचिव कमल नेपाल चुनिएपछि क्षेत्रीले एमाले छाड्ने घोषणा गरेका हुन् ।

लामो समयदेखि एमालेका विभिन्न कमिटीमा रहेर काम गरेका क्षेत्री २०७४ सालको निर्वाचनमा बलेफी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।


No comments:

Post a Comment