Monday, March 14, 2022

चिसो किस्पाङमा भिम रावल विरुद्ध तातिए देउवा


नुवाकोट । ३० फागुन । 

प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुको सहमतीमा नै एमसिसी पास गरिएको वताएका छन् । सत्ता गठबन्धनको पूर्ण समर्थनमा यसअघि ओली नेतृत्वको सरकारले मन्त्रिपरिषदबाट पास गरेको एमसीसी आफ्नो नेतृत्वमा पास गरिएको उनको भनाई थियो । 

नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आफै रहेको मन्त्रीमण्डलबाट पास गरिएको एमसीसीलाई अहिले संसदबाट पास गराईदा एमालेका केहि नेताले नकारात्मक टिप्पणी गर्दै हिड्नु शोभनिय नरहेको बताए । संसदमा एमसिसिको चर्को विरोध गर्दै आएका भिम रावलको नाम नै लिदै प्रधानमन्त्री देउवाले भने– ‘आफैँ मन्त्री भएका बेला मन्त्रिपरिषद्बाट पास गरेका भीम रावलले त्यसबेला किन आलोचना गर्नुभएन? त्यतिबेला राजीनामा नदिएर के हेरेर बसेको ?’ देउवाले आक्रोशित हुँदै भने, ’आफू पार्टीको नेता र मन्त्री हुँदा आफैंले मन्त्रिपरिषद्बाट पारित गर्ने अनि अहिले किन विरोध गर्दैछन्? विरोध गर्ने भए त्यसैबला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनुपर्दैनथ्यो?’”

भवन शिलान्यास कार्यक्रममा नुवाकोटको विकास निर्माणको बारेमा बोलेका प्रधानमन्त्रीले एमसीसीको बारेमा बोल्नै पर्ने भो भनेर आफ्नो धारणा राखेका थिए । उनले एमसीसी कार्यान्यवयन तर्फ बढेको भन्दै यसमा वाधा नपु¥याउन आग्रह समेत गरे । भवन उद्घाटन कार्यक्रममा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रिय सदस्य अर्जुननरसिंह केसी, डा. रामशरण महत, वहादुर सिंह लामा लगायत नेताले आफ्नो धारणा राखेका थिए । 

जिल्लाको किस्पाङ र तादी गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन गर्न देउवा नुवाकोट आएका हुन् । पश्चिमी भेगमा रहेको किस्पाङको भवन उद्घाटन गरेपछि देउवाले ५० किलो मिटर दुरीमा रहेको तादी गाउँ पालिकाको भवन उद्घाटन गरेका छन् । भवन उद्घाटन कार्यक्रमका लागि प्रधानमन्त्री सहित कांग्रेस नेताहरु हेलोकोप्टरबाट जिल्ला आएका थिए । 


No comments:

Post a Comment