Friday, March 11, 2022

दुर्घटनामा दुई घाईते


नुवाकोट/


२७ फागुन

नुवाकोटको बट्टारमा शुक्रवार विहान भएको सडक दुर्घटनामा दुईजना घाइते भएका छन् । विहान ६ बजे विदुर–४ बट्टारको ब्यारेक नजिकै पानी बोक्ने ट्याङ्करले मोटरसाईकलाई ठक्कर दिएर दुर्घटना भएको हो । 

ना ३ ख ६१८१ नंवरको पानी बोक्ने टयाङ्करले बा ६५ प ८८५९ नंवरको मोटरसाईकलाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाईकलमा सवार दुई जना घाईते भएका छन् । घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल त्रिशूली लगिएको छ । घाईतेको पहिचान हुन सकेको छैन 

No comments:

Post a Comment