Thursday, March 10, 2022

बट्टार वजारमा सुविधा सम्पन्न भेटेरिनरी सञ्चालन

नुवाकोट/२६ फागुन । 

नुवाकोटको बट्टारमा चिकित्सक सेवा सहितको आधुनिक भेटेरिनरी पसल सञ्चालनमा आएको हो । किसानलाई पशु चिकित्सक सहितको गुणस्तरीय सेवा दिन फार्मस भेट फामेसी सञ्चालनमा आएको हो । 

फार्मेसीको बुधवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । जिल्लामा गुणस्तरीय भटेरेनेरी औषधि तथा पशुपक्षीका भ्याक्सिन र दक्ष पशु चिकित्सकद्वारा सम्पूर्ण उपचार सहितको सेवा दिन फार्मेसी शुरु गरेका छौं–उद्घाटन कार्यक्रममा फार्मेसीका सञ्चालक केशव थापाले भने– गुणस्तरीय दाना, चल्ला एवम अन्य उपकरण सहज र सुलभ मूल्यमा उपलब्ध गराउन फार्मेसी सञ्चालनमा आएका हो । फार्मेसीमा बट्टारका पशुचिकित्सक डा. उज्ज्वलमान श्रेष्ठ समेत संलग्न छन् । फार्मेसी सञ्चालनले काठमाडौंको सेवासुविधा जिल्लामै उपलब्ध हुने भएकाले पोल्ट्री व्यवसायमा संलग्न व्यवसायीलाई सहज भएको नुवाकोट पोल्ट्री व्यवसायी सङ्घका अध्यक्ष विष्णुप्रसाद रिमालले बताए ।  प्रयागेशाला, जाँच र नियमित दक्ष पशु चिकित्सक पसर्मेसीमा उपलब्ध हुने भएपछि पोल्ट्री व्यवसायीलाई कुखुराको रोग पत्ता लगाउन र औषधि खुवाउन सहज भएको नेपाल अन्डा उत्पादक सङ्घ नुवाकोटका अध्यक्ष रमेश चित्रकारले बताए । 

फार्मेसीका सञ्चालकले एक दशक अघिदेखि पीपलटारमा नेपाल पेलेटे फिड इन्डस्ट्रिजसमेत सञ्चालन गरेर पशुपक्षीको गुणस्तरीय दाना उत्पादन गर्दै आएको छ । पछिल्लो समय जिल्लामा कुखुरापालन ब्यवसाय बढ्दो रहेकोले ब्यवसायीलाई सहज ढंगले सेवा पु¥याउन फार्मेसी सञ्चालन गरिएको सञ्चालक थापाले वताए । 


No comments:

Post a Comment