Sunday, February 20, 2022

नुवाकोट अपडेट- घाइते सबैलाई अस्पताल ल्याइयो

८ फागुन, नुवाकोट । 

नुवाकोटको किस्पाङ ५ मा भएको बस दुर्घटनामा ५० जना भन्दा बढी घाइते भएका छ्न । घाइतेमध्ये ७ जनाको अवस्था गभिर रहेको छ । घाइतेहरुको उद्वार गरि जिल्ला अस्पताल त्रिशुलिमा ल्याइएको छ ।  अस्पतालका मेडिकल सुपरीटेन्डेन डा दिपेन्द्र पाण्डेका अनुसार गम्भीर अवस्थाका ७ जनालाइ काठमाडौ रिफर गरिएको छ । 

किस्पाङ गाउपालिका वडा न ३ किर्नेबगरमा प्रदेश ३ ०१–००६ –ख १५४१ टिमुरे यातायातको बस दुर्घटना भएको हो ।  बस भीरबाट करिब दुइ सय मिटर तल खसेको छ । बसमा ८० जना यात्रु सवार थिए । घाइतेमध्ये गम्भिर अवस्थामा रहेका ४ पुरुष र ३ महिला गरी ७ जनालाई काठमाण्डौं लगिएको हो । जिल्ला अस्पताल त्रिशूलीले घाईते मध्ये ७ जनालाई राता, २८ जनालाई पहेलो र ४५ जनालाई हरियो वर्गका घाईतेमा सुचिकृत गरेको छ । मेडिकल भाषामा रातोले गम्भिर, पहेलोले घाइते अवस्था र हरियोले सामान्य अवस्थालाई जनाउँछ । 


No comments:

Post a Comment