Sunday, February 20, 2022

एमसीसी संसदमा पेश भए पनि एमाले अनुमोदन गर्ने पक्रियामा सहभागी हुँदैनः महासचिव पोखरेल

 


८ फागुन, काठमाडाैँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले संसदमा अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पेश भएमा एमाले सो प्रक्रियामा सामेल नहुने बताएका छन ।

सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार भएको एमाले सर्लाहीको आठौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्वोधन गर्दै महासचिव पोखरेलले एमसीसी संसदमा पेश भए पनि एमाले अनुमोदन गर्ने पक्रियामा सहभागी नहुने बताएका हुन । उनले प्रक्रियामै सामेल नुहने भएपछि एमालेले एमसीसीबारे के गर्छ भन्ने प्रश्नको अर्थ नहुने बताए ।

एमालेले कारवाहीको सिफारिस गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले कारवाही गरेको सूचना प्रकाशन नगरेसम्म संसद बैठकमा सामेल नहुने निर्णयमा एमाले दृढ रहेको उनले प्रष्ट पारे । पोखरेलले एक जना न्यायाधीशमाथि मात्रै महाअभियोग लगाएर अदालत सुध्रिने अवस्था नरहेको बताए ।

अदालतलाई आफ्नो नियन्त्रणमा राख्ने, निर्वाचन सार्ने र अदालतमा एमालेले दर्ता गरेका मुद्दालाई प्रभावित पार्ने षडयन्त्रकासाथ प्रधानन्यायाधीशमाथि महाअभियोगको प्रस्ताव दर्ता गरिएको महासचिव पोखरेलले बताए ।

No comments:

Post a Comment