Thursday, February 24, 2022

सहकारी संघले बुझायो सिडिओ मार्फत ध्यानाकर्षणपत्र

 

फागुन १२/नुवाकोट

पछिल्लो समय देखिएको तरलता संकटसँगै बैंक तथा अन्य वित्तिय संस्थाले ब्याजदर बढाउन थालेपछि सहकारीले पनि ब्याजदर बढाउन पाउनुपर्ने माग गरेको छ । सहकारी संस्थाहरुको छाता संगठन जिल्ला सहकारी संघले कर्जा प्रवाहमा लिने ब्याजदर बढाउन माग गरेको हो । यसक्रममा जिल्ला सहकारी संघ नुवाकोटले ब्याजदर बढाउनुपर्ने सहित चार बुँदे मागपत्र प्रस्तुत गरेको छ । संघले बुधवार नुवाकोटका प्रमुख जिल्ला अधिकारीमार्फत् सहकारी मन्त्रीलाई यससम्बन्धि ध्यानाकर्षण पत्र समेत बुझाएको छ । संघले वित्तीय बजारमा देखिएको तरलताको अभावको असर सहकारी क्षेत्रमा समेत परेको र यसबाट सहकारीमा वित्तीय व्यवस्थापन गर्न कठिन भएको तथा पुँजी पलायन समेत हुन थालेको पत्र मार्फत जनाएको छ । संघका अध्यक्ष गोकर्णनाथ न्यौपानेको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको पदाधिकारीको टोलीले जिल्ला अधिकारी नारायणप्रसाद रिसालमार्फत भूमि व्यवस्था सहकारी तहत गरिबी निवारण मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हो । सहकारी ऐन र नियमावलीमा भएको सन्दर्भ ब्याजदर सम्बन्धि व्यवस्था अव्यवहारिक भएको हुदाँ खारेज गरिनुपर्ने र खुल्ला बजार व्यवस्था अनुरुप ब्याजदर निर्धारण गर्ने विधि अनुरुप बढीमा ६ प्रतिशत स्प्रेडदर कायम गरि व्याजदरलाई स्वचालित परिवर्तन हुने विधिको व्यवस्था मिलाउनुपर्ने पर्ने पत्रमा उल्लेख छ । हाल सहकारीको सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत छ ।तर, वाणिज्य बैंकहरुले फागुन १ गतेदेखि निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिन सुरु गरेपछि सहकारीलाई १४.७५ प्रतिशत ब्याजदर कम हुने सहकारी संघको तर्क छ । यसबाट सहकारीको पैसा बाहिरिएर व्यवसाय नै संकटमा पर्ने खतरा देखिएको भन्दै महासंघको टोलीले रजिष्ट्रारलाई तत्काल सहकारीको सन्दर्भ ब्याजदर बढाउन दबाब कार्यक्रम स्वरूप देशभर जिल्ला अधिकारीमार्फत् पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा सन्दर्भ व्याजदरको व्यवस्था अवैज्ञानिक र अव्यवहारिक भएकाले खारेज गर्नुपर्ने, व्याजदरलाई स्वचालित बनाई ६ प्रतिशतसम्म प्रिमियम लिन पाउने व्यवस्था गर्नुपर्ने, कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, स्थिरीकरण कोष र प्रवद्र्धन कोष स्थापना गनुपर्ने, ८८ बुँदे निर्देशनलाई सहकारीमैत्री बनाउनुपर्ने र संघसंस्थाको निरिक्षणमा जिल्ला संघको प्रतिनिधि सहभागि बनाउन माग गरेको छ ।

No comments:

Post a Comment