Sunday, February 20, 2022

किस्पाङ दुर्घटना : घाइते भेट्न सांसद लामा अस्पतालमा

 नुवाकोट फागनु ८ ।



किस्पाङ दुर्घटनाका घाईतेलाई नेपाली काग्रेसका केन्द्रीय सदस्य एवम प्रतिनिधि सभा सदस्य बहादुर सिंह लामाले भेट गरेका छन् । दुर्घटनाका गम्भिर घाईतेलाई नेता लामाले काठमाण्डौंको ग्राण्डि इन्टर्नेसनल अस्पतालमा भेटेका हुन् ।

लामाले घाईतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिदैं उपचारमा विशेष ध्यान दिन अस्पताललाई आग्रह गरेका छन् । भेटघाटका क्रममा घाईतेको निशुल्क उपचारको ब्यवस्था गर्न आफूले पहल गरिरहेको लामाले वताएका छन् । 

जिल्लाको किस्पाङ ३ मा भएको बस दुर्घटनामा ८० जना घाइते भएका थिए । घाइतेमध्ये गम्भिर अवस्थामा रहेका ४ पुरुष र ३ महिला गरी ७ जनालाई काठमाण्डौं लगिएको हो । जिल्ला अस्पताल त्रिशूलीले घाईते मध्ये ७ जनालाई राता, २८ जनालाई पहेलो र ४५ जनालाई हरियो वर्गका घाईतेमा सुचिकृत गरेको छ । मेडिकल भाषामा रातोले गम्भिर, पहेलोले घाइते अवस्था र हरियोले सामान्य अवस्थालाई जनाउँछ । 

किस्पाङ गाउपालिका वडा न ३ किर्नेबगरमा प्रदेश ३ ०१–००६ –ख १५४१ टिमुरे यातायातको बस दुर्घटना भएको हो ।  बस भीरबाट करिब दुइ सय मिटर तल खसेको छ ।



No comments:

Post a Comment