गृहपृष्ठ

Tuesday, February 15, 2022

एमसीसी विरुद्ध नुवाकोटमा समाजवादीको प्रदर्शन

नुवाकोट/३ फागुन

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले अमेरिकी सहयोग नियोग (एमसीसी) सम्झौता विरुद्ध मंगलवार साँझ नुवाकोटमा प्रदर्शन गरेको छ ।  अनेरास्वीयु र युवासँघ लगायत जनवर्गिय संगठनको नेतृत्वमा बट्टार वजारमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले बजारमा एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप चाहिँदैन लगायतका प्लेकार्ड सहितको नारा लगाउँदै प्रदर्शन गरेका हुन् । 

संसदबाट एमसीसी पास भएमा अझै देश नै बरबादी तिर जाने भएकाले सबै देशभक्त जनता एमसीसीको विरुद्ध उत्रिर्नु पर्ने समाजवादीको माग छ । 



No comments:

Post a Comment