Sunday, February 20, 2022

स्कुल अफ डिमोक्रेसी नेपालको नुवाकोट अध्यक्षमा कांग्रेस नेतृ गिता अमात्य



नुवाकोट फागनु ८ ।

स्कुल अफ डिमोक्रेसी नेपालको नुवाकोट जिल्ला अध्यक्षमा  नेपाली कांग्रेसका नेतृ गिता अमात्यलाइ मनोनयन गरिएको छ । समाजवादी लोकतन्त्रलाई नागरिकको जीवनस्तरसँग जोड्न गठिन संस्थाको जिल्ला अध्यक्षमा महिला नेतृ एवं युवा ब्यवसायी अमात्यलाई मनोनयन गरिएको हो । 

प्रजातन्त्र दिवसको दिन पारेर फागुन ७ गते अमात्यलाई मनोनयन गरिएको हो । अध्यक्ष नैनसिंह महरद्धारा हस्ताक्षरित पत्रमा समाजलाई लोकतान्त्रिक दिशातर्फ डोहो¥याउन अमात्यको नेतृत्वमा संस्थाको शाखा गठन गरिएको जनाईएको छ । पत्रमा भनिएको छ–‘स्कुल अफ डेमोक्रेसीको विधान २०६८ को पहिलो संसोधन २०७७ को परिच्छेद ६ दफा २० अनुसार तपाई गिता अमात्यलाई नुवाकोट अध्यक्षमा मनोनयन गरिएको छ ।’


अमात्य दुई दशक अघिदेखि जिल्लामा राजनीति, ब्यवसाय र समाजसेवामा सक्रिय छिन् । संस्थाको उद्येश्य अनुरुप लोकतान्त्रिक मूल्य मान्यतालाई अघि बढाउन आफूले भूमिका निर्वाह गर्ने अमात्यले प्रतिक्रिया दिएकी छिन् । संस्थाले छिटै कार्यसमितिलाई पूर्णता दिनेछ–अमात्यले भनिन्–जिल्ला कार्यसमिति र आवस्यकता अनुसार स्थानीय तहसम्म लोकतान्त्रिक मूल्य मान्यताको प्रवद्र्धनका लागि कार्य गर्नेछौं ।  


No comments:

Post a Comment