Wednesday, February 23, 2022

नेवाः देय् दबुको विदुर नगर कमिटीमा विराटमान डंगोल


नुवाकोट,फागुन १० । 

नेवार समुदायको संस्कृती संरक्षण र सम्बद्र्धनका लागि गठित राष्ट्रिय संगठन नेवाः देय् दबुको विदुर नगर कमिटी घोषणा भएको छ । नेवार समुदायका युवाहरुको त्रिशूलीमा भएको भेलाले बट्टारका विराटमान डङ्गोलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कमिटीको वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, उपाध्यक्षमा मनिषमान राजभण्डारी, सचिवमा सरोज श्रेष्ठ, कोषाध्यक्षमा ज्ञानेश्वर अमात्य चयन भएका छन् । सदस्यहरुमा प्रविनकिशोर डङ्गोल, रमेशलाल श्रेष्ठ. नवराज श्रेष्ठ, पुष्प श्रेष्ठ, नविन चित्रकार, रामशरण श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, सुरज लवट, रविन श्रेष्ठ, कुमार श्रेष्ठ र प्रविणराज श्रेष्ठ रहेका छन् । नेवारी समुदायको हकहित भाषा भेषभुषा कला संस्कृति, रितिरिवाजलाई जगेर्ना गर्नको लागि समिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष डङ्गोलले बताए । संस्थाले पछिल्लो पुस्तामा भाषा÷संस्कृती हस्तान्तरण गर्दै उदेश्य राखेको डंगोलले बताए । 

नुवाकोटका १२ वटै स्थानीय तहमा नेवास् दबुको विस्तार गर्दै लगिने नेवास् देय् दबु नुवाकोटका अध्यक्ष रामप्रसाद जोशीले बताए ।


No comments:

Post a Comment