Monday, February 21, 2022

जनवर्गीय संगठनलाई तिब्रता दिदै नेकपा एस


नुवाकोट/नेकपा समाजवादीले नुवाकोटमा जनवर्गीय संगठन गठनलाई तिब्रता दिएको छ । नेकपा एमालेबाट विभाजन भई गठन भएको समाजवादीले पूर्व एमाले र बामपन्थी विचारधारा बोक्नेलाई संगठित गर्दै जनवर्गीय संगठनहरु बनाएको हो । 

समाजवादी निकट पत्रकारहको संस्था समाजवादी प्रेस संगठनको अध्यक्षमा जमुना गजुरेल चयन भएकी छिन् । संगठनको उपाध्यक्षमा हरिराम भेटुवाल, सचिवमा राममणी अधिकारी र कोषाध्यक्षमा दीपक थापा चयन भएका छन् ।  सदस्यहरुमा बिपास्ना बस्नेत, हरिजगं पाण्डे, सृर्जन पौडेल, मनोज न्यौपाने र सुबास भट्ट रहेका छन् । साथै उक्त भेलाले समाजवादी प्रेस संगठन बाग्मती प्रदेश कमिटि सचिवको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ । सदस्यहरुमा राजकुमार अर्याल (पुत्ला) र उत्तम श्रेष्ठ रहेका छन् । कार्यक्रमको प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश कमिटी सदस्य यमकुमार खाती, पार्टी उपसचिव उद्वव पनेरु, आर्थिक बिभाग प्रमुख रामकृष्ण राजभण्डारी, जिल्ला कमिटी सदस्य नारायण नेपाल, प्रकाश नेपाल, युवा नेता दिपेश चित्रकार लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैगरी, नेकपा एकिकृत समाजवादी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन र पेशागत महासंघ नेपालको प्रथम नुवाकोट जिल्ला भेला सम्पन्न भएको छ ।  शिक्षकको प्रथम जिल्ला भेलाले राजु तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । यस्तै पेशागत महासंघको अध्यक्षमा जगदिश पाठक चयन भएका छन् । समितिको उपाध्यक्षमा देवन थापा,महिला उपाध्यक्षमा सम्झना पाण्डे ,सचिवमा राजु श्रेष्ठ ,सहसचिवमा शक्तिमान लामा,कोषाध्यक्षमा कुल प्रसाद न्यौपाने,सह कोषाध्यक्षमा ज्ञान बहादुर लामा सहित ३१ सदस्यीय चयन भएका छन् । कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्य तथा नुवाकोट ईन्चार्ज राजेन्द्रप्रकाश लोहनीले शिक्षकहरु परिवर्तनका संवाहक भएका कारण समाजवादी आन्दोलनको सन्देश जनस्तरसम्म पुर्याउने दायित्व उहाँहरुमा रहेको बताउँदै शिक्षकहरुको हकहितमा केन्द्रित रहेर कार्य गर्न निर्देशन दिएका छन् । 

कार्यक्रममा शिक्षक संगठनका केन्द्रिय अध्यक्ष भिमबहादुर , उपत्यका बिशेष प्रदेश सचिवालय सदस्य बसन्त बस्नेत, पेशागत महासंघका महासचिव रामप्रसाद रिमाल, पार्टीका नुवाकोट जिल्ला अध्यक्ष गोविन्द नेपाली, पार्टी सचिव पदम उप्रेती ,पार्टी उपसचिव उद्वव पनेरु, शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष महेश्वर पाठक लगायतले राजनितिक परिवर्तनमा समेत महत्वपुर्ण भुमिका निर्बाह गर्नुभएका शिक्षकहरुले समाजबादी आन्दोलनमा महत्वपुर्ण योगदान पु¥याउने बताए । 


No comments:

Post a Comment