Wednesday, February 23, 2022

दुप्चेश्वर ५ को वडा कार्यालय भवन उद्घाटन


नुवाकोट,फागुन ११ । 

नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं ०५ को वडा कार्यालय भवन उद्घाटन गरिएको छ । बालकुमारी स्थित वडा कार्यालय भवनको बुधवार एक कार्यक्रमका विच नेकपा एमाले नुवाकोटका अध्यक्ष प्रदेश सभा सदस्य बद्री मैनालीले उद्घाटन गरेका हुन् । 

भवन उद्घाटन गर्दै अध्यक्ष मैनालीले संविधान अनुसार स्थानीय तहमा रहेका अधिकारको सदुपयोग गर्दै नागरिकलाई सेवासुविधा प्रवाह गर्न आग्रह गरे । संघियताको सफल अभ्यासका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने मैनालीले बताए । कार्यक्रमका नुवाकोट एमाले उपसचिव निलकण्ठ आचार्य, जिल्ला कमिटि सदस्य दिपक कार्की ,वडा न.०६ का वडाध्यक्ष किशोर आचार्य, एमाले पार्टीका पालिका अध्यक्ष प्रेम तामाङ , सचिब वसन्त धिताल, कृष्ण खतिवडा जग्गादाता रामकुमार तामाङ लगायतको सपस्थिती रहेको थियो । स्थानीय रामकुमार तामाङबाट निशुल्क प्राप्त डेढ रोपनी जग्गामा वडा कार्यालय भवन निर्माण गरिएको वडाध्यक्ष सञ्च तामाङले बताए । 


No comments:

Post a Comment