Wednesday, February 16, 2022

प्रचण्ड नुवाकोट आउने


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड नुवाकोट आउने भएका छ्न । प्रचण्ड फागुन १४ गते जिल्लाको पिपलटार आउन लागेका हुन ।
बिदुर ५ पिपलटारमा निर्माण भएको पोष्ट बहादुर बोगटी स्मृति पार्कमा स्थापना गरिएको  प्रतिमा (शालिक) अनावरण गर्न उनी नुवाकोट आउन लागेको बताइएको छ । 
नुवाकोटको तुप्चेमा जन्मिएर माओबादी आन्दोलनमा लागेका बोगटीको योगदान, स्मरण तथा सम्मान र संझनामा पिपलटारमा पार्क बनाइएको हो । माओवादी पार्टिको नेतृत्व तहमा रहेका बोगटी तत्कालीन नुवाकोट क्षेत्र न ३ बाट पहिलो सम्बिधानसभामा निर्वाचित समेत भएका थिए ।

No comments:

Post a Comment