गृहपृष्ठ

Wednesday, February 16, 2022

जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने माओवादी निर्णय

 सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको छ।

बुधबार बिहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले संशोधनबिना एमसिसी पारित गर्न नसकिने निष्कर्ष निकाल्दै जबरजस्ती पारित गर्न खोजे सरकार छोड्ने निर्णय गरेको सांसद दुर्गाकुमारी बिकले जानकारी दिइन्। 

बैठकलगत्तै माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका छन्। 

No comments:

Post a Comment