Monday, February 7, 2022

कांग्रेस प्रवक्तामा नुवाकोटका डा. प्रकाशशरण महत

  डा


प्रकाशशरण महतले नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेबारी पाएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले सोमबार पूर्व सह(महामन्त्री महतलाई पार्टीको नयाँ प्रवक्ता नियुक्त गरेका हुन् । महत हालै सम्पन्न कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनमा देउवा प्यानलबाट महान्त्रीमा पराजित भएका थिए । उनी पूर्व परराष्ट्र मन्त्रीसमेत हुन् । महत कांग्रेसभित्र सभापति देउवाको विश्वासपात्र मानिन्छन् ।

No comments:

Post a Comment