Friday, February 18, 2022

के छ अजुर्नननरसिंह केसीको पुस्तकमा ?

 


नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’(सिद्धान्त तथा नीतिको परिचयसहित) नामक पुस्तक सार्वजनिक भएको छ ।

नेपाली कांग्रेसको सिद्धान्त तथा नीतिको परिचयसमेत समेटिएको उक्त पुस्तकको विमोचन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका हुन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवा, कांग्रेस महामन्त्री गगनकुमार थापा, नेता केसी, लेखक तथा समिक्षक पुरुषोत्तम दाहाल, लेखक तथा विश्लेषक श्रीकृष्ण अनिरुद्र गौतम लगायतले आफ्नो भनाइ राखेका थिए ।

पुस्तकको मौलिक विशेषता तथा अन्तर्वस्तु

नेपाली काँग्रेसको बारेमा इतिहास, संरचनागत संगठन, इतिहास निर्माता नेताहरूको वीरतापूर्ण योगदान, पार्टीको झण्डा, निर्वाचन चिन्ह लगायतका ऐतिहासिक विषयमा गहिरो ज्ञान लिन चाहनेको लागि उपयोगी पुस्तक । विचारमूलक राजनीति गर्न चाहने काँग्रेसका कार्यकर्ताहरूका लागि त यो पुस्तक उपयोगी जानकारी मात्र होइन जरुरतको ज्ञान–भण्डार हो भन्नु अतिशयोक्ति हुँदैन ।

नेपाली राष्ट्रिय काँग्रेसको स्थापना, नेपाल प्रजातन्त्र काँग्रेसको स्थापना, दुवै काँग्रेसको एकीकरण, काँग्रेस स्थापनाभन्दा अघिका विद्रोह र विद्रोहीको रोचक–रोमाञ्चक परिचय, काँग्रेसले उनीहरूको योगदानलाई विरासतको रुपमा ग्रहण गर्नुको कारणबारे अत्यन्त रोचक इतिहासको प्रस्तुति यसमा छ । खासगरी, इतिहासका विभिन्न कालखण्डमा परिवर्तनको निम्ति संलग्न, त्याग, योगदान र जीवन उत्सर्ग गरेका हराएका, ओझेलमा परेका, बिर्सिएका प्रजातान्त्रिक आन्दोलनका उल्लेखनीय क्रान्तिकारीहरूलाई चिनाउने जमर्को यस पुस्तकमा भएको छ ।

काँग्रेस इतिहासमा १४ वटा उच्च आदर्श र उदाहरण स्थापना गर्ने पहिलो पार्टी भएको प्रमाण वा काँग्रेसमा आफूले पाएको पद साथीलाई सहजै हस्तान्तरण गरेका करिब १० वटा ऐतिहासिक र आदर्शवान् घटना, वा काँग्रेसमा महाकवि देवकोटाको सक्रियता जस्ता प्रमाणिसिद्ध इतिहासलाई पनि यस पुस्तकले समेटेको छ ।

२००७ सालको क्रान्ति कसरी सम्पन्न भयो, २००७ सालपछि २०१५ सालसम्म काँग्रेस कसरी सक्रिय रह्यो, २०१५ सालमा आमनिर्वाचन सम्पन्न भएपछि पहिलो जननिर्वाचित सरकार गठन गर्न काँग्रेसले गर्नुपरेको संघर्ष र सामना गर्नुपरेको व्यवधान आदिका बारेमा यस पुस्तकमा पढ्दा रोचक कहानी वा उपन्यास पढेजस्तो महसुस हुन्छ ।

२०१७ सालपछि पार्टीहरूले भोग्नुपरेको प्रतिबन्ध र निषेधको अवस्थामा काँग्रेसको गतिविधि र भूमिका के थियो रु प्रजातन्त्र पुनःस्थापनाको लागि हतियार उठाएर क्रान्ति गरेको पार्टी राष्ट्रिय मेलमिलापको अभियन्ता कसरी भयो रु त्यसमा भित्री रुपबाट के–कस्ता खेल भए, मेलमिलाप नीति लागु गर्न क–कसले अहम् भूमिका निर्वाह गरे, इतिहास खोतलेको तथ्य यो पुस्तकले समेटेको छ ।


प्रजातन्त्रको निम्ति समर्पित भएर होमिएका बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय, गिरिजाप्रसाद कोइरालादेखि योगेन्द्र मान शेरचन, दिवानसिंह राई, सरोज कोइराला, तेजबहादुर अमात्य, एन।डी प्रकाश जस्ता नेताहरूको उल्लेख त हुने नै भयो । तर पार्टीका कार्यकर्तादेखि नयाँ पुस्तासम्मले चिन्नैपर्ने यस्ता इतिहास निर्माता क्रान्तिकारी नेताहरू, वीर शहिदहरू गरी करिब एकसय व्यक्तिहरूको युगान्तकारी योगदान र परिचयको चित्ताकर्षक विवरण पाईन्छ ।

काँग्रेसका महाधिवेशन, महासमिति बैठक, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, मजदूर संगठन आदि भातृसंस्था स्थापनाको अर्को रोचक पक्षलाई पनि पुस्तकले समेटेको छ । २०१७ सालपछि निर्वासित अवस्थामै स्थापित प्रजातान्त्रिक समाजवादी युवा दल ९म्क्थ्ी० र राष्ट्रिय विद्यार्थी तथा युवा लीग ९ल्क्थ्ी० को स्थापना कसरी भयो रु आदि काँग्रेस इतिहासका अनेकौं अध्याय यो पुस्तकले समेटेको छ ।


२०३३ सालमा प्रतिपादित राष्ट्रिय मेलमिलाप तथा एकता नीति, २०३६ सालको जनमत संग्रह, त्यसअघिको देशब्यापी विद्यार्थी आन्दोलन, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन, २०४७ को संविधान, राजाको प्रत्यक्ष शासन, माओवादीलाई शान्तिपूर्ण खुला राजनीतिमा ल्याउँदाका गतिविधि, शान्ति प्रक्रियामा नेतृत्व, २०६२–६३ को जनआन्दोलन, अन्तरिम संविधानदेखि २०७२ को संविधान जारी गर्नमा सम्म काँग्रेसको भूमिका के रह्यो रु यस्ता सबै विवरण पुस्तकका अध्याय हुन् ।

आदिवासी–जनजाति, मधेसी, मुसलमान, सुदूरपश्चिम, मजदूर, किसान आदि वर्ग र समुदायसँग काँग्रेसको सम्बन्धको बारेमा पुस्तकले काँग्रेसको नीति स्पष्ट पारेको छ । साथै कम्युनिस्ट पार्टीहरूलाई हेर्ने दृष्टिकोण, कम्युनिस्टहरूका नीतिगत खोटहरूलाई लोकतान्त्रिक मूल्य–मान्यताको कसीमा हेरिएको विवरण, समाजवादबारे, काँग्रेसको मध्यमार्ग, काँग्रेस विरुद्ध चलाईएका अनर्गल प्रचारवाजी तथा भ्रम आदिको बारेमा पनि पुस्तकले धेरै कुरा स्पष्ट पारेको छ ।

पुस्तकको अन्तिम खण्डमा २००३ सालदेखि २०७८ सम्मका काँग्रेसका ऐतिहासिक गतिविधि वा घटनाहरूको तिथिमिति सहित उल्लेख र पार्टीका महत्वपूर्ण नेताहरूको निधनलाई पनि उल्लेख गरिएको छ ।


ऐतिहासिक दस्तावेज, समाजवादबारे बीपीका विचार, कार्यकर्ताहरूलाई बीपीको आलोचनात्मक चर्चित पत्र, अन्त्यमा लेखक स्वयंबाट पार्टीका साथीहरूमा विचारोत्तजक आह्वानले पनि पुस्तकलाई थप रोचक तथा गहकिलो बनाएको छ ।


पुस्तकको पछिल्लो पृष्ठमा लेखक स्वयंद्वारा हिन्दी भाषामा रचित नेपाली काँग्रेसको झण्डा–गान पनि अतिरिक्त मौलिक आकर्षण भएर रहेको छ ।

काँगे्रसका नेताहरूले आत्मकथा लेख्दा पार्टीको इतिहासका धेरै रोचक सत्य–तथ्य उजागर गर्नुभयो । तर पार्टी नेताले नै आफ्नो पार्टीको यति प्रभावशाली समीक्षात्मक इतिहास पुस्ताकारमा लेखेको सम्भवतः यो नै पहिलो हो ।

No comments:

Post a Comment