Tuesday, February 15, 2022

एमसीसी बुधबारको संसद्‌ बैठकमा टेबल हुन्छ : कांग्रेस प्रवक्ता महत

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०सँगको सम्झौता संसद्‌मा टेवल हुने बताएका छन् । उनले सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबल गर्ने प्रतिबद्धता समेत दिइसकेको बताए ।

सानेपास्थित केन्द्रीय कार्यालयमा मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकपछि निर्णय सार्वजनिक गर्ने क्रममा प्रवक्ता महतले सरकारले एमसीसी टेबल गर्न आग्रह गरिसकेको र सभामुखले प्रतिबद्धता समेत जनाएको बताए ।

‘सभामुखबाट प्रतिबद्धता आइसकेको छ, भोलिको बैठकमा एमसीसी टेबल हुन्छ,’ उनले भने । तर, सम्भावित कार्यसूचीमा त समेटिएन नि रु भन्ने प्रश्नमा प्रवक्ता महतले भने, ‘अहिले नभए त्यो फेरि थपिएला, तर भोलि टेबल हुन्छ ।’

प्रवक्ता महतले एमसीसीबारे गलत प्रचार भएको भन्दै अहिले विरोध गर्नेहरू नै त्यसको सम्झौता प्रक्रियामा सहभागी रहेको बताए । ‘जो विरोध गर्दैछन्, उनीहरू नै एमसीसी सम्झौता प्रक्रियामा संलग्न छन् । अझ संसद्‌बाट अनुमोदन गर्नुपर्छ भन्ने बुँदा नै केपी ओलीजीको सरकारले गरेको हो,’ उनले भने, ‘हिजो एउटा कुरा, आज अर्को कुरा गरेर बोली फेरेको राम्रो होइन, त्यसको जनताले मूल्यांकन गर्छन् ।’ उनले नेपालले एमसीसीबारे लिने निर्णयले अन्य दातृ संस्थाबाट आउने सहयोगसमेत प्रभावित हुने बताए । ‘एमसीसीअन्तर्गत जुन सहायता नेपालमा उपलब्ध हुँदैछ, यो सहयोग प्रक्रियामा सबै ठूला राजनीतिक दल र नेताहरू सरकारमा हुँदा यसको प्रक्रियामा सहभागी हुनुहुन्छ । कोही अछुतो छैन । यसको प्रक्रिया थाल्दा नेकपा ९माओवादी केन्द्र०कै सरकार थियो, त्यो बाबुराम भटराईजी प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुनुहुन्थ्यो,’ उनले भने, ‘अस्ति ओलीजीको सरकारले मन्त्रिपरिषद्‌बाट निर्णय गरेर संसद्‌मा दर्ता गराउनुभएको हो ।’ उनले बाहिर प्रचार भएजस्तो एमसीसी परियोजना आउँदैमा अमेरिकाले सेना पठाउँछ भन्ने भ्रममात्रै भएको बताए । ‘जो आफैं यो प्रक्रियामा सामेल छन्, उनीहरू नै यसबारे भ्रम फैलाएका छन् । नेताहरू आफैंले प्रस्ताव गरेर मन्त्रिपरिषद्‌बाट पास गर्ने अनि अहिले थाहा नपाएको जस्तो गर्ने कुरा राम्रो भएन,’ उनले भने । उनले गठबन्धन दलहरूबीचमा समेत सहमति गरेर एमसीसी पास हुने बताए ।

No comments:

Post a Comment