Thursday, February 24, 2022

एमाले विदुर नगर अध्यक्षमा नविन प्रधान


फागुन १२ / नुवाकोट । 

नगर अधिबेशन उद्घाटनको चार महिनापछि नेकपा एमाले विदुर नगर कमिटीको नेतृत्व टुङ्गिएको छ । काठमाण्डौंमा बिहीबार बिहान बसेको अध्यक्ष मण्डलको बैठकले नगरको नेतृत्व टुंग्याएको हो । 

अध्यक्ष मण्डले टुंग्याए अनुसार अध्यक्षमा नविन प्रधान, उपाध्यक्षमा मनोज अधिकारी, सचिव अनुजकुमार श्रेष्ठ, उपसचिवमा राजकुमार केसी र भक्तबहादुर अधिकारी रहेका छन । अध्यक्ष प्रधान र सचिव श्रेष्ठ यसअघि पनि सोही पदमा रहेका थिए । प्रधान एमालेको विद्यार्थी संगठन अखिलका पूर्व जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य र नुवाकोट आदर्श बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति समेत हुन् । नगर कमिटीको अध्यक्ष र सचिवमा दाबी गर्ने अन्य उम्मेदवारहरूको जिल्ला कमिटीमा व्यवस्थापन गरेर नेतृत्वको टुंगो लगाइएको हो । अधिवेशनको उद्घाटन नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले कातिक १४ गते बट्टारको कभर्ड हलमा गरेका थिए । यसअघि, आन्तरिक असमझदारीका कारण नेकपा एमाले म्यागङ गाउँ कमिटीका पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण अधिवेशनको चार महिनापछि माघ अन्तिम साता सपथ भएको थियो । अधिवेशनले गाउँ कमिटीका अध्यक्ष मेघनाथ तामाङ र सचिवमा लालसिंह तामाङलाई सर्वसम्मत चयन गरेको छ ।


No comments:

Post a Comment