Wednesday, February 23, 2022

न्यानो कपडा र शैक्षिक सामाग्री बाढ्दै युवा नेता खड्का

नुवाकोट/फागुन १० । नेपाली कांग्रेसका युवा नेता सुशिलकुमार खड्काले जिल्लाको दुर्गम भेगका विद्यार्थीलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेका छन् । युवा ब्यवसायी समेत रहेका खड्काले जिल्लाको पूर्वि भेगका विद्यार्थीलाई अध्ययनमा सहज होस भन्ने उद्येश्यले अभियानकै रुपमा ती सामाग्री वितरण शुरु गरेका हुन् । 

नेपाली कांग्रेसको निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश ‘क’ का सभापति खड्काले पछिल्लो समयमात्रै आधा दर्जन भन्दा बढि विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेका हुन् । खड्काले यसै साता शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा रहेको कालिका माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् ।  विद्यालयमा अध्ययनरत २ सय १४ जना विद्यार्थीलाई न्यानो कपडा स्वेटर वितरण गरिएको विद्यालयले जनाएको छ ।

नेपाली काङ्ग्रेस नुवाकोटका जिल्ला सभापति रमेशकुमार महतको प्रमुख आतिथ्यतामा कपडा वितरण गरिएको थियोे । त्यस्तै शिवपुरी गाउँपालिकाकै खोलेखर्क आधारभूत विद्यालयका ७० जना विद्यार्थीलाई समेत न्यानो कपडा वितरण गरिएको छ । सामाग्री वितरण गर्दै सभापति महतले दुर्गम भेगमा रहेका विद्यार्थीलाई गरिने सानो सहयोगले पनि पढाई निरन्तरतामा सहयोग पुग्ने बताए । ‘ग्रामिण भेगमा १ कक्षामा भर्ना भएका मध्ये आधा विद्यार्थीलेमात्रै विद्यालय शिक्षा पूरा गर्ने गरेका छन्’–नेता महतले भने–‘विभिन्न खालका समस्यका कारण विद्यालय छोड्न बाध्य विद्यार्थीहरुका लागि यस्तो सहयोगले पढाई निरन्तर गर्न हौसला मिल्ने देखिन्छ ।’  कार्यक्रममा बोल्दै युवा नेता खड्काले आफ्नो जन्मभूमिका नागरिकको सुखदुःखको सारथी बन्ने उद्येश्यले विगतदेखि नै विभिन्न सहयोग गर्दै आएको बताए । खड्काले भने– ‘आफ्नो ब्यवसायबाट आर्जित मध्ये केहि रकम ग्रामिण भेगका नागरिकको शिक्षा र स्वास्थ्यमा सहयोग गर्न स्वतस्फुर्त रुपमा सहयोग गर्दै आएको छु ।’

शिवपुरी गाउँपालिका वडा नम्बर १ मा रहेको सो विद्यालयमा बागमती प्रदेश सदस्य मणीराम केसी.,





शिवपुरी गाउँपालिका कार्य समितिका सभापति कबिराज गुरुङ, शिवपुरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष महेन्द्रराज खत्री, शिवपुरी वडा नम्बर १ नेपाली काङ्ग्रेस कार्य समिति का सभापति रविन गुरुङ, वडा नम्बर ६ का काङ्ग्रेस वडा सभापति माधब पाठक, समाजसेवी रामेश्वर थापा, बासुदेव कडेल, सुरेन्द्र थापा लगायतको उपस्थिति रहेकोे थियोे । 


No comments:

Post a Comment