Monday, February 21, 2022

चौतारीमा श्रेष्ठ र समाजवादीमा गजुरेल


नुवाकोट/नेकपा एमाले र एमालेबाट विभाजन भई गठित नेकपा समाजवादीमा आवद्ध नुवाकोटका पत्रकारहरुको छुट्टाछुट्टै भेला विहिवार एकैदिन सम्पन्न भएको छ । एमाले निकट प्रेस चौतारी नुवाकोटको अध्यक्षमा नवदिप श्रेष्ठ र समाजवादी निकट समाजवादी प्रेस संगठनको अध्यक्षमा जमुना गजुरेल चयन भएकी छिन् । 

प्रेस चौतारीको उपाध्यक्षमा  श्रीराम अधिकारी, महिला उपाध्यक्ष सुुशिला लामिछाने, सचिवमा सुनिल श्रेष्ठ, सहसचिवमा पुजा तामाङ र कृष्ण अधिकारी तथा कोषाध्यक्षमा केदार ढकाल निर्विरोध निर्वाचित भएका छन् । अधिवेसनले सदस्यहरुमा कृष्णपसाद ढुङ्गाना, किशोर ओली, लोकबहादुर पुडासैनी, र संगीता लामिछानेलाई चयन गरेको छ । अधिवेसनपछिको पहिलो वैठकले अनुजकुमार श्रेष्ठ र भैरवी ढुंगानालाई केन्द्रीय महाधिवेसन प्रतिनिधि चयन गरेको छ । प्रेस चौतारीको बागमती प्रदेशको पहिलो अधिबेशन प्रतिनिधिका रुपमा पुरुषोत्तम रिजाल, केदार ढकाल र सुशिला लामिछाने चयन भएका छन् । अधिवेसनवाट चुनिएकाहरुले विहीवारै पद तथा गोपनियताको सपथ खाएका छन् ।

अधिवेसनको उद्घाटन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा नुवाकोट इन्चार्ज बिन्दा ढुंगानाले पेशागत सुरक्षाका लागि प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले क्रियाशीलता वढाउनु पर्नेमा जोड दिइन् । उनले अहिलेको अवस्थामा पत्रकारितामा शुद्धिकरण आवस्यकता रहेको सम्वन्धित पक्षको ध्यानाकर्षण गराइन् । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष तथा वागमति प्रदेश सभा सदस्य तथा पुर्व राज्यमन्त्रि बद्री मैनालीले देश तथा जनताको विकास र परिवर्तनका लागि प्रेस जगत स्वतन्त्र हुनुपर्ने बताए । हरेक पत्रकारहरुले समाचार सम्प्रेषणमा स्वतन्त्रता कायम गरी आफ्नो बिचारलाई पनि समाचरको माध्यमबाट प्रस्तुत गर्नु पर्नेमा जोड दिए । 

कार्यक्रममा प्रेस चौतारीका उपमहासचिव हिरामान लामाले नेपालका समग्र पत्रकाहरुको संस्थामध्ये प्रेस चौतारी पत्रकारहरुको ठुलो संगठन भएको दावी गर्दै आफ्ना सदस्यहरुलाई ब्यबसायिक बनाउन चौतारीले भूमिका खेल्न निर्देशन दिए । आगामी दिनमा महासंघमा अब्बल भुमिका खेल्ने गरी चौतारीमा आवद्ध पत्रकारहरु एकवद्व हुनुपर्ने उनले बताए । प्रेस चौतारीको अधिवेसन उद्घाटन कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य तथा वागमति प्रदेशका सहइन्चार्ज देवचन्द्र भट्टले पत्रकारको स्तरवृद्धि, वयवसायिकता तथा पेशागत सुरक्षाका लागि प्रेस काउन्सिलले छुट्टै नीति वनाउनु पर्ने माग गरे । उनले पत्रकारहरुको पनि परिक्षा हुनु पर्ने माग गर्दै यसो गरिए पत्रकारिता क्षेत्रमा विद्यमान ५० प्रतिशत समस्या स्वत समाधान भएर जाने ठहर गरे ।

कार्यक्रममा विदुर नगरपालिकाका मेयर सन्जु पण्डित, सामुदायिक रेडियो प्रशारक संघ वागमति प्रदेशका सदस्य अनुजकुमार श्रेष्ठ, पत्रकार महासंघ नुवाकोटका सचिव जगदीश खनाल, प्रेस युनियन नुवाकोटकी उपाध्यक्ष गमला लामालगायतले विचार र आस्थाकावीच पत्रकारितालाई प्रयोग नभई व्यवसायिकता वनाउनु पर्नेमा जोड दिए ।

यस्तै समाजवादी प्रेस संगठनको उपाध्यक्षमा हरिराम भेटुवाल, सचिवमा राममणी अधिकारी र कोषाध्यक्षमा दीपक थापा चयन भएका छन् ।  सदस्यहरुमा बिपास्ना बस्नेत, हरिजगं पाण्डे, सृर्जन पौडेल, मनोज न्यौपाने र सुबास भट्ट रहेका छन् । साथै उक्त भेलाले समाजवादी प्रेस संगठन बाग्मती प्रदेश कमिटि सचिवको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ। सदस्यहरुमा राजकुमार अर्याल (पुत्ला) र उत्तम श्रेष्ठ रहेका छन्।

कार्यक्रमको प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश कमिटी सदस्य यमकुमार खाती, पार्टी उपसचिव उद्वव पनेरु, आर्थिक बिभाग प्रमुख रामकृष्ण राजभण्डारी, जिल्ला कमिटी सदस्य नारायण नेपाल, प्रकाश नेपाल, युवा नेता दिपेश चित्रकार लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।


No comments:

Post a Comment